Tuesday, 2nd June, 2020

कोरोना उपचार गरेर फर्किएकी गायिका विरुद्ध मुद्दा

काठमाडौं । कोरोना संक्रमणबाट छुटकारा पाएकी बलिउडकी चर्चित गायिका कनिका कपुर अस्पतालबाट विदा हुनासाथ लफडामा परेकी छन् । उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी उलले अदालतको लफडा भोग्नुपरेको छ ।

गायिकाविरुद्ध सार्वजनिक रूपमा कोरोना भाइरस फैल्याएको भन्दै अदालतमा मुद्दा परेको हो । आफूलाई कोरोना संक्रमण हुँदा पनि विदेशबाट आएको बेला होम क्वारेन्टाइनमा बस्नुको सट्टा कन्सर्ट गरेर रोग फैल्याएको आरोप उनीमाथि छ ।

अदालतले उनलाई हाजिर हुन पुर्जीसमेत काटिसकेको छ । अबको १४ दिनपछि अदालतमा हाजिर हुनुपर्ने पुर्जी आइसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । गृहनगर लखनउको पीजीआई अस्पतालमा उनले कोरोना संक्रमणको उपचार गराएकी थिइन ।

उनी अस्पताल भर्ना भएको १४ दिनपछि घर फर्किएकी थिइन । तर लन्डनबाट ९ मार्चमा भारत आएकी कनिकालाई २० मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो बीचमा उनीसँग हेलमेल भएका ६ सय जनाभन्दा बढी सेल्फ क्वारेन्टाइनमा बस्नुपरेको थियो । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता