Saturday, 30th May, 2020

बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौँ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पेटमा संक्रमण भएपछि खानलाई आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए । 

गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन् । सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन् । 

बलिउड अभिनेता इरफान खानको बुधबार अन्तिम संस्कार गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा इरफान खानलाई मंगलबार भर्ना गरिएको थियो ।

बुधबार नै खानको निधन भएको हो। उनको अन्तिम विदाईमा मात्र २० व्यक्ति उपस्थित भएका थिए । मुम्बईको भरसोभा कब्रस्तानमा स्थानीय समयअुनसार अपरान्ह ३ बजे खानको अन्तिम संस्कार भएको हो । उनको अन्तिम विदाईमा परिवार, नातेदार र नजिकका साथीहरुमात्र उपस्थित थिए ।

कोरोना भाइरसको प्रकोपबीच निधन भएपछि सानो संख्यामै उनको अन्तिम संस्कार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । खानको कोलोन इन्फेक्सनका कारण निधन भएको जनाइएको छ । गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन् ।

इरफान खानले लाइफ अफ पाई, जुरासिक वर्ल्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डे, स्लम्स डग मिलिनियरजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन् । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


काठमाडौं । देशभर आज आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता