Tuesday, 2nd June, 2020

बलिउड अभिनेता ऋषि कपुरको निधन

काठमाडौं । भारतका प्रख्यात् कलाकार एवं अभिनेता ऋषि कपुरको निधन भएको छ । उपचारका क्रममा ६७ वर्षे कपुरको बिहीबार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपुरको बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेता अमिताभ बच्चनले पनि ट्विटमार्फत ऋषि कपुरकाे निधन भएकाे जानकारी दिँदै दु :ख व्यक्त गरेका छन्। उनले अंग्रेजीमा ट्विट गरेका छन्, ‘उनी गए.. ऋषि कपुर... गए..अहिले भर्खर बिते...म विक्षिप्त भएको छु ।’  

क्यान्सर भएपछि कपुर अमेरिकामा झन्डै १ वर्ष उपचार गराएर गत सेप्टेम्बरमा मुम्बई फर्किएका थिए । टाइम्स अफ इन्डियाका अनुसार अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’ फिल्म सुटिङ गरेका थिए। तर स्वास्थ्यमा समस्या आएपछि बीचमै रोकिएको थियो ।

उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन् । बलिउड फिल्म उद्योगको चर्चित कपुर खानदानमा ऋषि कपुर एक यस्ता कलाकार थिए, जसले अलग्गै पहिचान बनाए । ऋषि कपुरको अभिनयसँगै उनको ‘बिन्दास क्यारेक्टर’लाई मान्छेहरु एकदमै रुचाउँथे । उनले आफू धेरै रक्सी पिउने कुरा पनि कहिले लुकाएनन ।

आफ्नो विचारमा इमान्दार भएका कारण उनको कतिपय बेला ट्रोल पनि गरिन्थ्यो। राति अबेर उनले गरेका केही ट्रविटले मान्छेलाई हसाउनुका साथसाथै उनलाई अप्ठारोमा पनि पार्थे । सन् २०१७ मा उनको किताब ‘खुल्लम खुल्ला’ आएको थियो । उक्त किताबमा ऋषिले आफ्ना जीवनका धेरै कुराहरु खुलाएका थिए ।

किताबमा ऋषिले आफ्नो बुबा राज कपुरको बिहेत्तर सम्बन्ध रहेको खुलाएका थिए । उनले किताबमा राज कपुरको नगरिस र बैजयंती मालासँग सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

बुबाको अन्य महिलासँगको सम्बन्धकै कारण आमा कृष्णा कपुर अलग्गै अपार्टमेन्टमा बस्ने गरेको समेत ऋषिले खुलाएका थिए । पछि बुबाले सबै महिलासँगको सम्बन्ध त्यागेपछि भने उनीहरु एउटै ठाउमा बस्न थालेका थिए ।

किताबमा ऋषिले एक पारसी युवतीसँग आफू प्रेममा रहेको खुलाएका छन्। यास्मीन मेहता नाम गरेकी ती युवतीको प्रेममा पहिलो फिल्म ‘बबी(१९७३)’ आउन अघि आफू पागल रहेको ऋषिले खुलाएका छन् ।

तर फिल्मपछि कतिपय मिडियामा उनको नाम डिंम्पल कपाडियासँग जोडिएर आउन थाल्यो। त्यसबेलाको चर्चित पत्रिका स्टारडस्टले पनि उनको नाम डिंम्पलसँग जोडेपछि यास्मीनसँगको सम्बन्धमा चिसोपना आएको थियो । ‘मैले यास्मीनलाई मनाउने प्रयास पनि गरेको हुँ तर सफल हुन सकेन,’ ऋषिले आफ्नो किताबमा उल्लेख गरेका छन् ।

१९५२ मा जन्मिएका ऋषिको पहिलो फिल्म बबी भएपनि उनले त्यसअघि ‘मेरा नाम जोकर’मा आफ्ना बुबा राज कपुरको बच्चा छदाको अभिनय गरेका थिए । बबीको सफलता पछि ऋषिले ९० भन्दा बढी रोमान्टिक फिल्ममा काम गरेका थिए ।

बुधबार मात्रै बलिउडकै अर्का अभिनेता ५३ वर्षीय इरफान खानको निधन भएको थियो । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता