बलिवुड अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता

काठमाडौं । बलिवुड अभिनेत्री अनुष्का शर्मा उनी र उनका भाइ कर्णेश शर्माले निर्माण गरेको वेब सिरिज ‘पाताल लोक’का कारण यति बेला प्रशंसा र चर्चा बटुलिरहेकी छिन् । तर त्यो वेब सिरिजमा भएका केही गल्तीका कारण अनुष्का सकारात्मक प्रतिक्रिया र प्रशंसाका विच विवादमा तानिएकी छिन् । उनको सिरिजमा प्रयोग भएका केही शब्द नेपाली समुदायका लागि अपमानजनक भएको भन्दै आपत्ति जनाइएको छ ।
अनुष्का शर्मालाई लयर्स गिल्डका एक सदस्य विरेन श्री गुरुङले १८ मे मा कानुनी नोटिस पठाएका थिए । उनका अनुसार सिरिजको एक अङ्कमा एक महिला प्रहरीले प्रहरी कार्यालयमा ल्याइएकी नेपाली महिलासँग सोधपुछको क्रममा देशको नामका साथ अपशब्द प्रयोग गरेर गाली गरेकी छिन । जुन निकै नै गलत हो ।
गुरुङका अनुसार नेपाली शब्दलाई लिएर कुनै पनि आपत्ति छैन । तर त्यसपछि जुन शब्द बोलिएको छ, त्यो स्वीकार्य छैन । यही कारण शो का चार जना निर्माता मध्येकी एक अनुष्का शर्मालाई पनि कानुनी नोटिस पठाएको उनले बताए ।
उनका अनुसार अनुष्का तथा उनको टिमको तर्फबाट कुनै पनि किसिमको जवाफ आएको छैन । यस कारण अब उनले अमेजनसँग कुरा गर्ने बताएका छन् । भारतमा रहेको गोरखा समुदायले अनलाइनमार्फत उजुरी दर्ता गर्याे ।
यस विषयमा भारतमा रहेको गोरखा समुदायले पनि भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालय र त्यस विभागका मन्त्री प्रकाश जावडकर, अमेजन प्राइम भिडियो र अनुष्का शर्माको नाममा एक अनलाइन अपिल दर्ता गर्दै त्यो अपमानजनक शब्दलाई म्युट गर्न, सबटाइटललाई धमिलो बनाउनुका साथै माफी माग्नुपर्ने बताएका छन ।
यसका साथै अनलाइन प्लेटफर्ममा राखिएको त्यो अङ्कलाई हटाएर सम्पादित अङ्क अपलोड गरिनुपर्ने माग गरेका छन् । अभिनेत्री अनुष्का शर्मा यति बेला ‘पाताल लोक’ का लागि प्राप्त भइरहेका प्रशंसाहरुलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै खुसी व्यक्त गरिरहेकी छिन् ।
तर उनको शो मा बोलिएका अपशब्दविरुद्ध उजुरी पर्दा भने यस विषयमा उनले अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएकी छैनन् ।

लमजुङ । नेपाली हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही...

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–३ को उपाधि सज्जा चौलागाईंले हात पारेकी छिन् ।शुक्रबार भएको फाइनल राउण्डमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता भएकी हुन्...

काठमाडौं । नायक भुवन केसीलेनायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेका छन्। केसीले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा...

काठमाडौं । चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका...

काठमाडौं । भारतका प्रख्यात् कलाकार एवं अभिनेता ऋषि कपुरको निधन भएको छ । उपचारका क्रममा ६७ वर्षे कपुरको बिहीबार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन...

काठमाडौँ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले...

काठमाडौं । कोरोना संक्रमणबाट छुटकारा पाएकी बलिउडकी चर्चित गायिका कनिका कपुर अस्पतालबाट विदा हुनासाथ लफडामा परेकी छन् । उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी उलले अदालतको लफडा...

काठमाडौँ । नेपाली भूमिका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन् । आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी यो तहमा पुगेका हुन् । आर्थर गन उपनामले...

काठमाडौँ । विश्व बजारमा कोरोना भाइरस (कोभिड-१९)को प्रकोपसँगै विश्व चलचित्र बजार पनि धरापमा परेको छ । त्यसको असर नेपाली फिल्म हलमा पनि प्रत्यक्ष देख्न थालिएको छ । बिहीबार सम्पन्न नेपाल...

काठमाडौं । युवा पुस्ताका चर्चित अभिनेता अनमोल केसीविरुद्ध ठगी आरोपमा उजुरी परेको छ । उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो। फिलिम्स नेपाल, जयन श्रेष्ठ...

काठमाडौं । लोक गायक प्रकाश कटुवाल तनहुँको डुम्म्रेबाट पक्राउ परेका छन्। कटुवाललाई सोमबार राति ज्यानमार्ने उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहूँका...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...