लमजुङमा हराउँदै पिङ संस्कृति

लमजुङ । नेपाली हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ ।
लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ । झन् यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन ।
विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौँ दर्जन रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्यो । विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ ।
वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ । आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ ।
दोर्दी गाउँपालिकाका बुद्धिमान श्रेष्ठले भने, ‘दशैंका बेला यहाँ केही वर्षसम्म लिङ्गेपिङ गाउँगाउँमा राखिन्थ्यो, खेलिन्थ्यो । त्यति मात्रै नभई प्रायःजसोका घरघरमा समेत बाबियोको डोरी बनाएर पिङ हालेर खेल्दै आयौँ तर अहिले घरघरमा त के, गाउँमै पिङ लोप हुन थालेको छ ।’
यस वर्ष कोभिड –१९ ले गर्दा पिङ हालेर भीडभाडसमेत गर्न नहुने भएकाले चाहना भएर स्थानीयवासीले पिङबाट मनोरञ्जन गर्न नसकेको उनको भनाइ छ । प्रत्येक वर्ष दशैँतिहारमा पिङ हाली खेलेर हुर्कँदै आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकामा राइनास नगरपालिकावासी चिन्ता गर्छन् ।
विगतमा वर्षेनी दशैंँतिहारमा लिङ्गे तथा रोटेपिङ हालेर खेल्ने खेलाउने गरिए तापनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको बेँसीशहर नगरपालिका –३ गाउँशहरका बासिन्दा बताउँछन् ।
स्थानीयवासी सुरेश श्रेष्ठका अनुसार गाउँलेले पिङ हाल्दै आए पनि रोटेपिङ निर्माण गर्नका लागि धेरै समय र खर्च, आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ ।
गाउँशहरमा रहेको लमजुङ दरबारनिर वर्षेनी हालिँदै आएको रोटेपिङ गत वर्षदेखि निर्माण भएको छैन । यस वर्ष पिङ हाल्ने स्थानीयवासीको सोच भए पनि कोभिड –१९ का कारण पिङ नबनाइएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयद्वारा केही दिनअघि एक सूचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरिएपछि जिल्लाबासीले पिङ निर्माणप्रति चासो दिएनन् । रासस

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–३ को उपाधि सज्जा चौलागाईंले हात पारेकी छिन् ।शुक्रबार भएको फाइनल राउण्डमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता भएकी हुन्...

काठमाडौं । नायक भुवन केसीलेनायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेका छन्। केसीले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा...

काठमाडौं । चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका...

काठमाडौं । बलिवुड अभिनेत्री अनुष्का शर्मा उनी र उनका भाइ कर्णेश शर्माले निर्माण गरेको वेब सिरिज ‘पाताल लोक’का कारण यति बेला प्रशंसा र चर्चा बटुलिरहेकी छिन् । तर त्यो वेब...

काठमाडौं । भारतका प्रख्यात् कलाकार एवं अभिनेता ऋषि कपुरको निधन भएको छ । उपचारका क्रममा ६७ वर्षे कपुरको बिहीबार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन...

काठमाडौँ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले...

काठमाडौं । कोरोना संक्रमणबाट छुटकारा पाएकी बलिउडकी चर्चित गायिका कनिका कपुर अस्पतालबाट विदा हुनासाथ लफडामा परेकी छन् । उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी उलले अदालतको लफडा...

काठमाडौँ । नेपाली भूमिका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन् । आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी यो तहमा पुगेका हुन् । आर्थर गन उपनामले...

काठमाडौँ । विश्व बजारमा कोरोना भाइरस (कोभिड-१९)को प्रकोपसँगै विश्व चलचित्र बजार पनि धरापमा परेको छ । त्यसको असर नेपाली फिल्म हलमा पनि प्रत्यक्ष देख्न थालिएको छ । बिहीबार सम्पन्न नेपाल...

काठमाडौं । युवा पुस्ताका चर्चित अभिनेता अनमोल केसीविरुद्ध ठगी आरोपमा उजुरी परेको छ । उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो। फिलिम्स नेपाल, जयन श्रेष्ठ...

काठमाडौं । लोक गायक प्रकाश कटुवाल तनहुँको डुम्म्रेबाट पक्राउ परेका छन्। कटुवाललाई सोमबार राति ज्यानमार्ने उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहूँका...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...