एमाले–माओवादीले राजनीति नगरुन् भनेर शहीद घोषणा गराएँ: मन्त्री थापा
सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा २०३६ कार्तिक अन्तिम साता धनकुटाको छिन्ताङमा प्रहरीद्वारा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा आफूले लगेको दावी उद्योगमन्त्री समेत रहेका स्व थापापुत्र सुनिलबहादुर थापाले गरेका छन्। छिन्ताङमा मारिएका १६ जनालाई ३८ वर्षपछि शहीद घोषणा गर्नु पर्ने अवस्था कसरी आयो? यो प्रश्नको सेरोफेरोमा मन्त्री थापासँग गरेको संक्षिप्त वार्ताः
तपाईंको बुबा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा २०३६ सालमा १६ जना निहत्था नागरिक छिन्ताङमा मारिए। ३८ वर्षपछि आएर अहिले तपाईं मन्त्री रहेको मन्त्री परिषदले उनीहरुलाई शहीद घोषणा गर्ने अवस्था कसरी आयो?
यसमा मलाई अप्ठेरो छैन, बरु खुसी पो छु। उनीहरुलाई शहीद घोषणा गर्ने प्रस्ताव मैले नै मन्त्री परिषदमा लगेको हुँ। छिन्ताङमा मारिएका ती १६ जना र माओवादी द्वन्द्वकालमा मारिएका ५ जनालाई शहीद घोषणा गर्ने प्रस्ताव दुई हप्ता अघि मैले पेश गरेको थिएँ। आज त्यसलाई मन्त्री परिषदले पारित गर्दा आफ्नो प्रयास सफल भएको ठानेको छु।
बाबुका पालामा मारिने, छोराले शहीद घोषणा गर्ने, यो अलि अनौठोजस्तो देखियो त?
अनौठो मान्नुपर्ने कारण छैन। जो मारिए, उनीहरु हिजोको राज्यव्यवस्थाविरुद्ध लागेका थिए। उनीहरुले राज्यविरुद्ध हतियार उठाएका थिए। त्यसैक्रममा उनीहरु मारिए। यो हिजोको कुरा भयो। तर हामी अहिले नयाँ राजनीतिक परिस्थितिमा छौं। मुलुकमा राजनीतिक परिवर्तन भइसकेको छ। राजनीतिक परिवर्तनका क्रममा जो मारिए, त्यसलाई शहीद मान्नु पर्छ। त्यही भएर मैले शहीद घोषणा गरिनुपर्छ भनेर प्रस्ताव लगेको हुँ।
बाबुले गरेको ‘कर्म’ प्रति छोराको पश्चाताप भन्न मिल्छ?
मिल्दैन। यसको राजनीतिक सन्दर्भ मैले भनिसकें। यसमा बुबा दोषी हुनुहुन्न।
त्यसो भए, बुबा जीवित छँदै पनि तपाईं मन्त्री हुनुहुन्थ्यो। उतिबेला नगरेर अहिले किन शहीद घोषणाको प्रस्ताव लैजानु भयो त?
खासमा छिन्ताङमा के भएको हो, मलाई थाहा थिएन। अहिलेपनि मलाई धेरै कुरा थाहा छैन। किनभने, बुबा राजनीतिमा भएपनि मेरो पृष्ठभूमि राजनीतिक होइन। म पछिमात्र राजनीतिमा आएको व्यक्ति हुँ।
उनीहरुलाई शहीद घोषणा गर्न के कुराले उत्प्रेरित गर्यो त?
चुनाव लड्ने क्रममा यस पटक म छिन्ताङतर्फ जाँदै थिए। त्यहाँ मलाई प्रवेश गर्नै नदिने योजना रहेछ। छिन्ताङ प्रवेश गर्ने बाटोमा एउटा ठूलो रातो ब्यानर टाँगिएको रहेछ। त्यसमा तीन कुरा लेखिएका थिए।
एक, छिन्ताङ हत्याकाण्डको न्यायिक जाँच होस्। दुई, छिन्ताङमा मारिएका शहीदका परिवारलाई क्षतिपूर्ति दिइयोस्। र, तीन, छिन्ताङ हत्याकाण्डका हत्याराहरु खोजी गरी कार्वाही गरियोस्।
हो, मैले चुनावमा पराजय बेहोरें। चुनावपछि म काठमाडौं फर्कें। त्यो घटनाको बारेमा बुझबुझारथ गरें। त्यसपछि प्रस्ताव तयार पारेर लगेको हुँ। बुबा छँदै पनि यो कुरा थाहा पाएको भए मैले त्यो प्रस्ताव लग्ने थिएँ।
मन्त्री परिषद्को यो निर्णयले सूर्यबहादुर थापामाथि लागेको ‘हत्यारा’ को आरोप पुष्टि भएजस्तो भएन?
जो जसले उहाँमाथि हत्याराको आरोप लगाए, उनीहरु पटक–पटक सरकारमा पुगे। एमालेबाट मनमोहन अधिकारी प्रधानमन्त्री हुनुभयो, माधव नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो।
यदि बुबा हत्यारा हुनुहुन्थ्यो भने किन जीवित छँदै उहाँमाथि कार्वाही गरिएन त? आफ्नो सरकार छँदा उहाँहरु किन चुप बस्नुभयो? कार्वाही त परै जाओस्, उहाँहरुले शहीद घोषणा पनि गर्नु भएन। वास्तविकता यही होइन?
छिन्ताङ जानबाट मलाई रोक्न टाँगिएको त्यो ब्यानरमा ‘हत्यारालाई कार्वाही गर’ लेखिएको थियो। न्यायिक छानविनको माग गरिएको थियो। बुबाको स्वर्गवास भइसकेको थियो। त्यो कुरा उनीहरुलाई थाहा नभएको होइन। स्वर्गवास भइसकेको मान्छेलाई कार्वाही गर्न मिल्छ?
न्यायिक छानविनको माग गर्नुपर्छ भन्नुको मतलव, त्यो घटनामा को दोषी हो भन्ने यकिन नभइसकेको अवस्था हो। बुबा त परलोक भइसक्नु भयो, हत्यारा त यहीँ रहेछन् नि। त्यसैले त हत्यारालाई कार्वाही होस् भन्ने माग गरिएको होला।
मन्त्री परिषदमा प्रस्ताव लैजानुअघि छिन्ताङ हत्याकाण्डबारे केही न केही बुझबुझारथ त गर्नुभयो होला। के पाउनु भयो?
राज्यव्यवस्थाविरुद्ध बिद्रोह गरेकाले राज्यले आफ्नो जिम्मेवारी अनुसार कार्वाही गर्यो। त्यसक्रममा ज्यादति अवश्य भयो होला। केही मानिस मारिए। त्यसपछि गाउँलेहरु डराए, भागे। त्यसक्रममा कोही मानिस भीरबाट लडेका रहेछन्, कोही नदीमा हाम्फालेछन्।
जो मारिए, सबैलाई राज्यले मारेको होइन। डरले गर्दा भाग्दाभाग्दै लडेर, डुबेर उनीहरुको मृत्युभयो। उनीहरुप्रति राज्यले न्याय गर्नुपथ्र्याे। त्यही सोचेर मैले शहीद घोषणाको प्रस्ताव लगेको हुँ।
तर एमाले–माओवादीले उनीहरुलाई शहीद घोषणा गरेनन्। उनीहरुले सँधै यो विषयलाई नारा बनाइरहे, छिन्ताङका नाममा राजनीतिमात्र गर्न चाहे। अब त्यो नहोस् भनेरपनि मैले यो निर्णय गराएको हुँ। -नेपालखबर

विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमै भए पनि पछिल्लो समयमा आएका रिपोर्टहरुले सङ्क्रमितको सङ्ख्या बढेको देखाएको छ, यसले कतै समयमा परीक्षण नगरेका...

१) बैकको वित्तिय स्वास्थ्यबारे केही बताइदिनुहो्स न ? अहिले हामीहरुको पुष मसान्तसम्म दोश्रो चौमासिकको प्रगती राम्रै छ, बोर्डले दिएको रणनीति र टार्गेट अनुसार । टार्गेटहरु पुरा गरेका छौ ।...

कांग्रेस आफैले घोषणा गरेको संविधानको उचित जस लिन सकेन । संविधान कार्यन्वयनको पहिलो पाईलामा नेपाली कांग्रेसले जनताकोबीचमा प्रिय बन्ने कोसिस त गर्यो तर सफल भएन । सम्पन्न तीन वटै तहको...

विराटनगरबाट अध्ययन सकेर काठमाडौ आएपछि व्यवसाय सुरु गरेका केशबबहादुर रायमाझी अहिले जनता बैंकको अध्यक्षका अतिरित्त पिपुल्स हाइड्रोपावरका प्रवन्ध निर्देशक छन् । उनले नेतृत्व गरेको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...