हिमालयन बैंकमा अहिले केही विवाद छैन : अशोक राणा

१) बैकको वित्तिय स्वास्थ्यबारे केही बताइदिनुहो्स न ?
अहिले हामीहरुको पुष मसान्तसम्म दोश्रो चौमासिकको प्रगती राम्रै छ, बोर्डले दिएको रणनीति र टार्गेट अनुसार । टार्गेटहरु पुरा गरेका छौ । अलिकति खाली तरलता सम्बन्धमा ‘मिक्सम्याक्स’ डिपोजिटको समस्या छ, कहिले काँही । अरु त सबै राम्रो नै छ ।
अर्को, हामीले राष्ट्र बैकले तोके बमोजिमको ८ अर्ब पूँजी पनि पु¥याइसकेका छौ । पुषमा बैकको साधारणसभा पनि भएको थियो । त्यो बेला हामीले बोनस शेयर निस्कासन गरेर ८ अर्ब ११ करोडको चुक्क्ता पूँजी पु¥याइसक्यौ ।
२) राष्ट्र बैकले तोके बमोजिमको ४ गुणा पूँजीवृद्धि गरेसँगै त्यही स्प्रीडमा व्यापार विस्तार गरी मुनाफा आर्जन गर्न बैकले के कस्ता योजना र कार्यक्रम अघि सार्दैछ ?
हाम्रो पुँजी त पहिला नै बढी नै थियो । केही बर्ष अघाडी नै राष्ट्र बैकले ४ अर्ब पुँजी बनाउ भनेको थियो । हाम्रो त्यही बेला त्यो थियो । त्यो बेला पनि हाम्रो मुनाफा बढी नै थियो । हाम्रो अहिले नै कोर पँुजी ११ अर्ब जति छ, रिर्जभ सहित गरेर । त्यसकारण हामीलाई पुँजीवृद्धिले त्यस्तो खालको समस्या ल्याउला जस्तो लाग्दैन । अर्को ब्राञ्च विस्तार हामिले गर्न खोजिरहेका छौ । यो बर्ष ५ ओटा हामीले खोलिसक्यौं । अहिले नेपाल राष्ट्र बैक र अर्थमन्त्रलयले ४११ गाउँपालिकामा नीजि बैकहरुलाई जान भनेको छ । त्यसमा हामीले ३ ओटा ठाउँ पहिचान गरेका छौ र अर्को ४ ओटा ठाउँ पनि हेरिरहेका छौ ।
३) अहिले बैकहरुमा लगानी योग्य पूँजी अभावका कारण ब्याजदर बृद्धिको समस्या चुलिएको छ । यो अवस्था कतिन्जेल रहला ?
यो त मलाई पनि थाहा भएन । नेपाल सरकारको पुँजीगत खर्च अलिकति बढ्यो भने केही समस्या सामाधान होला । अहिले भर्खर अर्थमन्त्रीमा पूर्वगर्भनर समेत रहेका युवराज खतिवडा आउनु भएको छ । उहाँले पनि अलिकति निर्देशन दिएर अर्थमन्त्रालयबाट राष्ट्र बैकसँग समन्वय भयो भने यो समस्या केही सामाधान होला की भन्न सकिन्छ । हामीले चाँही पुराना गा्रहकहरुको बिजनेसलाई रोक्ने गरी काम गरेका छैनौ । हाम्रोमा त्यस्तो समस्या पनि छैन ।
४) संघीयता कार्यान्वयमा गएको छ । राष्ट्र बैकले पनि बैकहरुलाई संघीय रुपमा आफुलाई परिमार्जन गर्न निर्देशन दिइसकेको छ । संघीयतामा बैकहरुले आफुलाई कसरी परिमार्जन गर्नुपर्छ भन्ने लाग्छ ?
त्यो हामी हेर्दै जान्छौ । अहिलेसम्म हामीले हाम्रो ब्राञ्चहरुको हेर्दाखेरी, कहाँ कहाँ राख्ने भन्दाखेरी जहाँ बिजनेसहरु छन् । त्यहाँ जाने भन्ने छ । संघीयता भएपछी प्रदेश राजधानीहरु भए । त्यसमा विस्तारै भौतिक पुर्वाधार तयार हुन्छन् । त्यसपछि हामीहरु ती ठाँउहरुमा पनि जान्छौ । सबै बैक जान्छन् त्यहाँ ।
५) संघीयता सफल बनाउन बैकहरुको भुमिका के हुन्छ ?
बैकहरुको केही भुमिका हुन्छ । त्यहाँ लगानी गरेर, त्यहाँको विकास गतिविधिमा सहभागी भएर भुमिका हुन्छ । तर बैकिङ क्षेत्रको रेगुलेटर राष्ट्र बैक भएकाले हामी त्यो स्टेटकै बंैक हुदैनांै । त्यहाँ गएर कति डिपोजिट उठाउन सक्छौे, कति लेन्डिङ गर्न सक्छौ त्यो चाँही हामी मनिटर गर्छौ ।
६) बैकहरुलाई पूँजीवृद्धिसँगै व्यापार बढाउनु पर्ने चुनौती छ । यसै चुनौतीकै घडीमा मुलुक पनि संघीयतामा गएको छ । बैकहरुको लागि संघीयता अवसर पनि हो की ?
खाली हामीलाई अलिकति के कन्फीउजन छ भने संघीयतामा गएपछि त्यहाँ हामीले बाध्य भएर ब्राञ्च खोल्नुपर्छ की पर्दैन । त्यो हामीलाई थाहा भएन । जति बाध्य ग¥यो भनेपनि राष्ट्र बैकको रेगुलेटर भएर हाम्रो केन्द्रिकृत अपरेशन चाँही हुन्छ । कोर बैकिङ त काठमाण्डौमै हुन्छ । त्यहाँ ब्राञ्च मात्रै हुन्छ । अनि क्षेत्रिय अफिसहरु पनि खोल्न दिएको छैन राष्ट्र बैकले । खोल्यो भनेपनि दुर्गम क्षेत्रमा ६० प्रतिशत ब्राञ्च खोल्नपर्छ, अनिमात्रै पाइन्छ भन्ने प्रकारका नियमहरु छन् । त्यसलाई अलिकति परिवर्तन गर्नुपर्छ राष्ट्र बैकले ।
७) हिमालयन बैंकमा संस्थापक र शेयरधनीहरुबीच विवाद भन्ने प्रकारका समाचार आइरहेका हुन्छन् । त्यो विावद काय छ वा सल्टिइसक्यो ?
अहिले विवाद केही छैन । के भएको छ भने नयाँ बाफिया आएपछि हामीले भर्खर साधारणसभामा हाम्रो प्रबन्धपत्र नियमावली संशोधन ग¥यौं । ८ बाट ७, प्रमोर्टरबाट ४ जना बाट ३ मा गएका छौ । त्यो कम्पनी रजिष्टार कार्यालयमा जान्छ । त्यसपछी राष्ट्र बैकले स्वीकृति दिएपछि अनि हाम्रो बोर्ड डाइरेक्टर सस्थागत रुपमा ७ जनामा झार्नु पर्छ । अहिलेको स्थीतिमा ७ ओटा डारेक्टर चाँही छ । एउटा डारेक्टरसीप ८ हुँदाखेरीमा आउनु भएको छैन । अहिले त्यसमा मनोनित मान्छे पठाउन खोजेकोमा बाफियाले ७ मा रोकेको हुनाले त्यो अहिले गर्न नसक्ने भएको छ । त्यति मात्रै हो । बैकमा अरु त्यस्तो केही विवाद छैन ।
८ ) हिमालयन बैकको कृषि, जलविधुत क्षेत्रमा लगानीको अवस्था कस्तो छ ?
ठीक छ । हामीले कृषिमा राष्ट्र बैकले तोकेको सिमा पुरा गरेका छौ । पर्यटन र जलविधुतमा चाँही हाम्रो अलिकति कम छ ।
७) अन्त्यमा, केही बैकहरुका सिइओहरुले आफनो कार्यकाल पुरा नगरी बीचैमा बैक भटाभट छाड्ने क्रम बढेको छ । के कारण होला ? यहाँलाई के लाग्छ ?
मलाई लाग्छ बोर्ड र सिइओको कुरा नमिलेर त्यो भएको होला । बिजनेस बढाउन नसकेर वा चुनौती सामना गर्न नसकेर त्यो गर्नु भएको होला जस्तो मलाई लाग्दैन ।

विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमै भए पनि पछिल्लो समयमा आएका रिपोर्टहरुले सङ्क्रमितको सङ्ख्या बढेको देखाएको छ, यसले कतै समयमा परीक्षण नगरेका...

कांग्रेस आफैले घोषणा गरेको संविधानको उचित जस लिन सकेन । संविधान कार्यन्वयनको पहिलो पाईलामा नेपाली कांग्रेसले जनताकोबीचमा प्रिय बन्ने कोसिस त गर्यो तर सफल भएन । सम्पन्न तीन वटै तहको...
सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा २०३६ कार्तिक अन्तिम साता धनकुटाको छिन्ताङमा प्रहरीद्वारा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा आफूले लगेको दावी...

विराटनगरबाट अध्ययन सकेर काठमाडौ आएपछि व्यवसाय सुरु गरेका केशबबहादुर रायमाझी अहिले जनता बैंकको अध्यक्षका अतिरित्त पिपुल्स हाइड्रोपावरका प्रवन्ध निर्देशक छन् । उनले नेतृत्व गरेको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...