नेपाल र नेपाली सिध्याउने यिनै हुन्
चट्याङ मास्टर :
हुन त मास्टर भन्ने बित्तिकै साथमा चक र डस्टर बोक्ने मास्टर भन्ने बुझिन्छ तर आज हामी यस्ता मास्टरको कुरा गर्दैछौं जसको साथमा कहिल्यै पनि हुदैंन चक र डस्टर तर पनि सबैले उनलाई चिन्छन भनेर चट्याङ मास्टर । ६४ वर्षअघि भक्तपुरमा जन्मिएका कुष्ण मुरारी गौतमको कलिलो मस्तिष्कले मास्टर बन्ने रहर बुनेको रहेछ । तर त्यसवेलाको कालोपाटीमा सेतो चक कुदाएर ज्ञान बाँड्ने मास्टर बन्ने सपनामा दौडिँदै गर्दा उनले कहिल्यै पढ्न अल्छी गरेनन् । तर, स्कुले मास्टर बन्ने धोको बोकेका उनी जीवन गतिसँगै मास्टर त बने, तर ‘चट्याङ मास्टर’ ।
यी मास्टरको नामले खुब वाहवाही पाएको छ । सबैले चिन्ने यही नाम उनलाई पनि प्रिय लाग्छ, आजकाल । भन्छन्, ‘जीवनमा आफूले जे कमाएँ, यही नामबाट । त्यसैले, प्रिय लाग्छ, मलाई ।’
व्यंग्यहान्ने उनको खास काम । कविता र लेखरचना मार्फत उनी असामाजिक,अराजनीतिक चरित्र विरुद्ध कसेर व्यंग्य हान्छन् । काम जस्तै छ नाम, चट्याङमास्टर ।
औपचारिक शिक्षा नेपाल, भारत, अमेरिका, चीन, फिलिपिन्स,अस्ट्रेलियाबाट अघि बढाएका उनको नाम पनि पढाइमा देश बदलेजस्तै बदलिँदै गयो । हजुरआमाले राखिदिएको कृष्ण मुरारी नाम बज्रपाणी हुँदै चट्याङ मास्टरसम्म रहन पुग्यो । चटयाङ्ग मास्टरले नेताहरूको सत्ताप्रतिको चरममोहलाई कविता मार्फत व्यक्त गरेका छन् । जुन अहिलेको परिवेशमा अति नै सान्दर्भिक छ ।
चुनाबै नगरे पनि आउने यिनै हुन्
भोटै खसाले पनि पाउने यिनै हुन्
यिनै थिए यिनै छन्, रहने यिनै हुन्
नेपाल र नेपाली सिध्याउने यिनै हुन्
पञ्चायत न ढल्दा जोगाउने यिनै थिए
पजातन्त्र भन्दै ढलाउने यिनै हुन्
अब लोकतत्न्त्र गणतन्त्र भन्दै
नेपाल र नेपाली सिद्ध्याउने यिनै हुन्
कति हेर्नु नाटक देखाउने
यिनै हुन् नयाँ संबिधान रे ? हा हा हा !!! लेखाउने यिनै हुन्
नेपालै बनाउने नयाँ फेरी भन्दै
भएकै जति सब सिद्ध्याउने यिनै हुन्
शान्ति विकास न्याय कराउने यिनै हुन्
क्रान्ति, जुलुस, बन्द गराउने यिनै हुन्
हत्या डकैती लुटी देश जनता
विदेशीलाई देश यो चढाउने यिनै हुन्
अझै आस लाग्छ? – लोभ्याउने यिनै हुन्
तपाई हाम्रो टाउको चपाउने यिनै हुन्
मसानका यी बोक्सी मसानकै यी धामी
सबै जिउँदा लासलाई नचाउने यिनै हुन्
गरिराखौ पूजा विधाता यिनै हुन्
आशिर्वाद मागौं, दाता यिनै हुन्
चितामा ढलेका तपाई हाम्रा लासलाई
अब दागबत्ती चढाउने यिनै हुन्
यिनै थिए यिनै छन्,
रहने यिनै हुन्
नेपाल र नेपाली सिध्याउने यिनै हुन् ।
-सुदर्शन गिरी

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...

काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...

१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...

डाईमण्ड राई : ओ... बर डाँडे साईलाकति कुध्छौ हो हतार-हतार।उधारो सपनाको भारी बोकेरआफ्नै धोती खुस्केको पनिथाहा नपाउने गरी।कुनै ज्यानमारा ब्वाँसोले लखेटे जस्तोस्याँ-स्याँ र फ्याँ-फ्याँ...

‘लौ बरवाद भयो’ मैले मनमनै भनेँ । उसले पुर्लुक्क हेरि, खिस्स हाँसी अनि मतिर हात बढाई । मैले पनि आफ्नो हात अघि बढाएँ । उसले समाई । ‘सरी ल’ मेरो हात समाएर उठ्दै उसले भनि । मैले सरी भन्नै...

एउटा किसानले बिभिन्न चौपायाहरु पालेको थियो। तिमध्ये एउटा गधा पनि रहेछ। एकदिन त्यो गधा आगनछेउको इनारमा खस्यो। घरमा धेरै बर्ष काम गरेको हुनाले गधालाई सबैले माया गर्थ्ये। तर मायाले मात्र...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...