सपना र गन्तब्य
डाईमण्ड राई :
ओ... बर डाँडे साईला
कति कुध्छौ हो हतार-हतार।
उधारो सपनाको भारी बोकेर
आफ्नै धोती खुस्केको पनि
थाहा नपाउने गरी।
कुनै ज्यानमारा ब्वाँसोले लखेटे जस्तो
स्याँ-स्याँ र फ्याँ-फ्याँ गर्दै
एकोहोरो भागेको भाग्यै छौ।
केको लागी हो एति साह्रो हतार?
कस्को लागी हो यो धपेटी?
आऊ बसौं चौतारीमा-थाक्यौ होला।
पसिना पुछ-आफ्नै दौराको फेरले।
शितल तापौं-यो बुढो बर-पिपलको।
प्यास् मेटाऊ-यही ढुंगे धाराको पानीले।
पारी सल्लाघारीबाट आ'को
बिशुद्द 'अर्ग्यानीक' हावा खाँदै
बात मारौं एकै छिन्।
आखिर हाम्रो गन्तब्य,
जो एउटै छ भने
आऊ एकै छिन्-अर्थ खोजौं बाँच्नुको।
गहिराई खोतलौं जीबनको।
तल्लो घरको नरे अरब पस्यो
आमाको चोली टाल्छु भनेर।
एक धार्नी मासु खादा परेको
बाको ऋण तिर्छु भनेर।
हो अरब पस्यो नरे
तोतेबोली मात्र फुटेका
ती रहर लाग्दा लालाबालाको
सुन्दर भबिष्य कोर्छु भनेर।
तर फर्कियो नरे कफिनमा
आफ्नै लासको उपहार बनेर।
सम्बृद्दी खोज्दै- खोज्दै
उहिल्यै देश छोडेको बिर्खे
यूरोप अमेरिका पुग्यो रे।
जुन तारा झार्छु भन्थ्यो त्यो।
आफ्नो मायालुको नाममा
ताजमहल खडा गर्छु भन्थ्यो।
पैसाले खुशी किन्छु भन्थ्यो।
दश देश चहार्दा पनि सायद
फेला पारेन क्यार सपनाको रंग
तब त फर्केन बिर्खे अहिलेसम्म।
यता आमाहरू हरेक साँझ
लौरोको सहारामा मुस्किलले
आँगनको डिलसम्म पुगेर
अस्ताउन लागेको क्षितिजको
घामलाई हत्केलाले छेक्दै
आँखा बिछ्याउछन् देउरालीसम्म
कतै छोरो आयो की भनेर।
बिचरा ती कति 'बा'हरू
ऋणको भारी बिसाउनै नपाई
अनन्त यात्रामा निस्किए।
त्यसो र साइला अब
हतार नगर। धपेटी नगर।
आऊ मार थकाई - चौतारीमा!
ताप शितल - यही बुढो बर पिपलको।
मेटाऊ प्यास् - यही ढुंगे धाराको पानीले।
खाऊ एक मुठ्ठी शुद्द हावा -आफ्नै परिबेषको।
आखिर सबैको पुग्ने ठाँऊ जो एउटै छ भने।
आऊ एक क्षण बात मारौं - जीबनको।
ढिलो- छिटो होला, बाटो फरक होला
तर पुग्ने ठाँऊ जो-एउटै छ हाम्रो।
(डाईमण्ड राई, हाल : भियाना, अष्ट्रिया)

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...

काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...

१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...

चट्याङ मास्टर : हुन त मास्टर भन्ने बित्तिकै साथमा चक र डस्टर बोक्ने मास्टर भन्ने बुझिन्छ तर आज हामी यस्ता मास्टरको कुरा गर्दैछौं जसको साथमा कहिल्यै पनि हुदैंन चक र डस्टर तर पनि सबैले उनलाई...

‘लौ बरवाद भयो’ मैले मनमनै भनेँ । उसले पुर्लुक्क हेरि, खिस्स हाँसी अनि मतिर हात बढाई । मैले पनि आफ्नो हात अघि बढाएँ । उसले समाई । ‘सरी ल’ मेरो हात समाएर उठ्दै उसले भनि । मैले सरी भन्नै...

एउटा किसानले बिभिन्न चौपायाहरु पालेको थियो। तिमध्ये एउटा गधा पनि रहेछ। एकदिन त्यो गधा आगनछेउको इनारमा खस्यो। घरमा धेरै बर्ष काम गरेको हुनाले गधालाई सबैले माया गर्थ्ये। तर मायाले मात्र...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...