Saturday, 22nd February, 2020

नेपालमा कोरोना भाइरसबाट थप १ जनामा संक्रमण

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । केही दिन अगाडि मात्रै १ जना ४८ महिला र २८ वर्षीया अर्का १ जना पुरुष गरी २ जनामा कोरोना भाइरस संक्रमणको आशंकामा स्याम्पल परीक्षणका हङकङ पठाइएको थियो ।

हङकङमा गरिएको परीक्षण पश्चात पुरुषमा कोरोनाको संक्रमण नभएको देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । स्याम्पल परीक्षणका लागि पठाइएकी महिलामा भने संक्रमण भएको भेटिएको अस्पताल स्रोतले जानकारी दियो ।

‘पछिल्लो समय १ महिला र १ पुरुषमा गरी २ जनामा कोरोना संक्रमणको आशंका गरिएको थियो । आशंकाका आधारमा स्याम्पल लिएर परीक्षणका लागि हङकङ पठाइएको थियो । हङकङमा गरिएको परीक्षणबाट महिलामा कोरोना भएको भेटियो भने पुरुषमा भने कुनै संक्रमण नभएको देखियो,’ अस्पताल स्रोतले भन्यो, ‘संक्रमण नदेखिएपछि पुरुषलाई डिस्चार्ज गरिएको छ ।’

कोरोनाको संक्रमण देखिएकी महिला केही दिन अगाडि चीनमा आयोजित एउटा कार्यक्रममा सहभागी भएर नेपाल फर्किएकी थिइन् । कोरोनाको संक्रमण देखिएकी महिलाको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ ।

यसअघि १ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ । जससँगै नेपालमा अहिलेसम्म २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको कारण चीनमा मात्रै अहिलेसम्म करिब ८१ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्रै करिब २ हजार ७ सय ४४ जनामा यसको संक्रमण देखिएको छ ।

चीनसँगै जापान, थाइल्याण्ड, दक्षिण कोरिया, ताइवान, मकाउ, हङकङ, संयुक्त राज्य अमेरिका, सिंगापुर, मलेसिया, भियतनाम, फ्रान्स, अस्ट्रेलिया र नेपालमा यसको संक्रमण देखिएको छ ।

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् । जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् ।

रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ । यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले चीनबाट नेपाल आएका एक जना अमेरिकी नागरिकलाई कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल पठाएको छ ।

चीन ट्रान्जिट बनाएर नेपाल आएका उनलाई विमानमै ज्वरो आएकाले थप परीक्षणका लागि अस्पताल पठाइएको हो । विमानस्थल स्रोतले भन्यो, ‘चीनमा तीन घण्टामात्रै बिताएका रहेछन् । तर विमानस्थलमा स्क्रिनिङ गर्दा ज्वरो आएको पाइएपछि टेकु पठाएका हौं ।’

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ, जहाँ शुक्रबारदेखि थर्मल स्क्यानर मेसिन जडान गरिएको थियाे।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को समन्वयमा ल्याइएको यो मेसिन सञ्चालनमा आएपछि अब सबै विमानका यात्रुहरु अध्यागमनमा जानुअघि नै ज्वोरो नाप हुन्छ । यसअघि चीन, थाइल्याण्ड, जापान र कोरियाबाट आएका शंकास्पद यात्रुको मात्रै स्वास्थ्य परीक्षण हुन्थ्यो ।

विमानस्थल हेल्थ डेस्कमा कार्यरत एक कर्मचारीकाअनुसार थर्मल स्क्यानरले सबै हवाई यात्रुको फेस अटोमेटिक रूपमा डिटेक्ट गरी ज्वरो परीक्षण गर्छ । हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘यो मेसिन आएपछि ५ सय जनासम्म यात्रुलाई एकै पटक स्क्रिनिङ गर्न मिल्छ ।’

चीनमा डिसेम्बर ३१ मा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले दर्जन बढी मुलुकमा फैलिसकेको छ भने चीनमा मात्रै ५६ जनाको ज्यान गइसकेको छ । २००० जना भन्दा बढीमा संक्रमण भएको पाइएको छ ।

प्रधानमन्त्रीको निर्देशन

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई आइतबार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार आकस्मिक रुपमा कोरोना भाइरसबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्ने निर्णय गरेको थियो । मन्त्रालयले वीर, शिक्षण, पाटन र निजामती अस्पताललाई ‘आइसोलेसन वार्ड’ बनाएर तीन दिनभित्र योजना पेस गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, उपत्यका बाहिरका केन्द्रीय अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको...


काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपालीमा कोरोना भाइरसको...


चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । आज मंगलबार पनि शेयर बजारमा २ अर्ब रुपैयाँभन्दा माथिको...


काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार...


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो...


काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


More News