Saturday, 28th March, 2020

कोरोना भाइरस विश्वव्यापी महामारी भएको घोषणा

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएर विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरिएको छ । विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार पत्रकार सम्मेलन गरी यसलाई विश्वव्यापी महामारी भनेको छ ।

हाल कोरोना भाइरसले विश्वका १३० भन्दा धेरै देश प्रभावित भएपछि डब्ल्यूएचओले यसलाई विश्वव्यापी महामारी भनेको छ । उसले यो घोषण गरेसँगै विश्वर नै यसबाट बच्न सबै देशहरुलाई आवश्यक तयारी गर्न भनेको छ ।

बुधबार च्यूरिजमा संगठनको पत्रकार सम्मेलनमा चीनमा यो भाइरसको महामारीविरुद्ध भइरहेको लडाईँको सहराना गरिएको थियो । यस्तै इटाली र इरानमा देखिएको महामारीको अवस्थाबारे चिन्ता प्रकट गरिएको छ ।

संगठनका प्रमुख डा टेड्रोस अदनोम घेबियसले चीनभन्दा बाहिर पछिल्लो दुई हप्तामा कोरोना भाइरसका घटना १३ प्रतिशतले बढेको बताए । उनले तर, विश्वभरका देशहरु यो भाइरसविरुद्ध लडिरहेको भन्दै सन्तोष व्यक्त गरे ।

उनले हरेक देशले आफ्ना नागरिकलाई नआत्ति भन्नुपर्ने र उनीहरुको रक्षा गर्न लाग्ने भन्दै आफूहरुको पनि सहयोग रहने बताएका छन् । कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्यान लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन्।

हाल चीनमा कोरोनाको प्रभाव घट्दै जाँदा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा कोरोनाको प्रभाव बढ्दै गएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौं । चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे...


काठमाडौं । चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको...


काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको...


काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका...


काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय...


काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता