Saturday, 28th March, 2020

कोरोनाको कारण एसइई परीक्षा स्थगित

काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ ।चैत ६ गते बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडाैं प्रेसलाई जानकारी दिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले निर्णयमै समावेश गर्ने गरी परीक्षा स्थगित गर्ने निर्णय गरिएको उनले बताए ।शिक्षामन्त्री पोखरेलका अनुसार एसईई परीक्षाको तालिका परिस्थिति हेरेर मिति तय गरिने छ ।

‘कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेको छ। त्यसको मनोवैज्ञानिक असर विद्यार्थीमा पनि पर्ने भएकाले एसईई परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका हौं,’ प्रेससँग उनले भने,‘ अब परिस्थिति हेरेर परीक्षाको मिति सार्वजनिक गर्नेछौं ।’

एसईई परीक्षा चैत ६ देखि १७ चैतसम्मका लागि तोकिएको थियो । यस वर्ष एसईईमा ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदै थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौं । चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे...


काठमाडौं । चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको...


काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको...


काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका...


काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय...


काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता