Tuesday, 2nd June, 2020

अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन

काठमाडौं । पोखरा महानगरपालिकाले अनलाइन कक्षा नचलाउन विद्यालयहरुलाई निर्देशन दिएको छ । लकडाउन लम्बिँदै गर्दा महानगरभित्रका केही विद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गरेपछि महानगरले बिहीबार अनलाइन कक्षा नचलाउन निर्देशन जारी गरेको हो । 

महानगरको शिक्षा शाखाका प्रमुख गंगाबहादुर गुरुङले सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नभएको र सम्बन्धित निकायको अनुमति नलिइएको भन्दै कक्षा सञ्चालनमा रोक लगाएका हुन् ।

‘आवश्यक पूर्वाधार बिना नै अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्त्याइनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी र अभिभावकलाई मानशिक दवाव पर्न सक्ने भएकाले त्यस्ता कक्षाहरु बन्द गराउनू पर्ने भनी महानगरमा उजुरी परेकाले अनलाइन कक्षा तुरुन्त बन्न गर्नुहुन र महानगरको सहमति बिना कक्षा सञ्चालन नगराउन जानकारी गराइन्छ’, महानगरको विज्ञप्तिमा भनिएको छ ।

महानगरको निर्देशनबारे यहाँका विद्यालयहरुको धारणा सार्वजनिक भएको छैन ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता