Saturday, 30th May, 2020

नेपालगन्जमा एकैदिन १५ जनामा कोरोनाको संक्रमण

काठमाडौं  बाँकेमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । आइतबार साँझ गरिएको परीक्षणमा थप ६ जनामा कोरोनाको संक्रमण भेटिएपछि बाँकेमा कोरोना संक्रमितको संख्या एकैदिन १५ पुगेको हो । 

आइतबार गरिएका ६० जनाको नमूना परीक्षणमा १५ जनामा कोरोनाको संक्रमण भेटिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार ३० वटा नमुना परीक्षण गर्दा ९ र साँझ गरिएका थप ३० जनाको परीक्षणमा ६ जनामा कोरोनाको संक्रमण भेटिएको हो । कोरोना संक्रमित सातदेखि ५८ वर्ष उमेरका ७ महिला र ८ पुरुष रहेका छन् । 

यसअघि आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ । 

 केही दिनअघि नेपालगञ्जमा ६० वर्षीय वृद्धमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। तीमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन् । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


काठमाडौं । देशभर आज आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता