Tuesday, 2nd June, 2020

नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालगन्जमा थप सातजनामा मंगलबार बिहान कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगन्जमा थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

डा अधिकारीका अनुसार नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। कोरोना पोजेटिभ देखिनेहरुमा नेपालगन्ज उपमहानगरपालिका–८ निवासी २२, ३० र ४० वर्षका पुरुषहरु र ९, ३२, ३४ र ५५ वर्षीया महिलाहरु छन् । डा अधिकारीले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए ।

योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ । यसअघि गत आइतबार नेपालगन्जमा १५ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमितको संख्या बढ्दै गएपनि नेपालगन्ज क्षेत्रमा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ।

नेपालगन्जमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान र परीक्षण गर्ने काम भइरहेको डा अधिकारीले जानकारी दिए । नेपालमा हालसम्म १६ जना संक्रमित ठिक भएर फर्किसकेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता