Saturday, 30th May, 2020

विद्यार्थी भर्ना अभियान नगर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । विद्यार्थी भर्नाको विषयमा शिक्षामन्त्री २४ घण्टा नबित्दै यूटर्न भएका छन् ।हिजो बैशाख २६ गतेदेखि विद्यार्थी भर्ना अभियान थाल्न भनी विद्यालयहरुलाई निर्देशन दिएको भोलिपल्टै शिक्षामन्त्री गिरिराजमणि पोखरेल यूटर्न भएका हुन् ।

कोरोनाको प्रभाव देशमा बढिरहेको अवस्थामा लकडाउनलाई झनै कडाई गर्नुपर्नेमा शिक्षामन्त्रीले बालबालिकाको जीवन नै जोखिममा पर्ने विषयलाई भूलेर भर्ना अभियान थाल्न भनेपछि यसको चौतर्फी आलोचना भएको थियो ।

आफ्नो घोषणा आलोचित बनेपछि मन्त्रीले आफ्नो एक निर्णयमा हिजोको घोषणालाई उल्टाउँदै अब विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएका हुन् । सोमबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शमाले शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय भएको प्रष्ट्याएका छन् । योसँगै विद्यार्थी भर्ना मात्र होइन, यो अवधिमा परीक्षाका कुनै पनि कार्यक्रम संचालन नगर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत आग्रह गरेको छ । विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क लिने विद्यालयमाथि कारबाही गरिने समेत मन्त्रालयको चेतावनी छ । 

शिक्षामन्त्रीबाट ग्रीन सिग्नल पाएपछि प्याब्सनले आगामी २६ गतेबाट विद्यार्थी भर्ना गर्न देशभरका निजी विद्यालयहरुलाई निर्देशन दिएको थियो । कतिपय सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रिया अघि बढाइसकेका थिए । तर, अब यी सबै कार्यक्रम स्थगित भएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


काठमाडौं । देशभर आज आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता