Saturday, 15th August, 2020

नेपालमा कोरोना संक्रमितको संख्या २३ सय कट्यो

काठमाडौं । नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टाको जानकारी दिदै २ सय १ जना थपिएको पुष्टि गरेका हुन् ।

उनका अनुसार १ सय ७९ जना पुरुष र २२ जना महिलामा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएको हो। कोरोना भाइरस संक्रमित थपिने क्रम अन्य देशको भन्दा तिव्र देखिएको छ। गत तीन सातामै संक्रमितको संख्या दुई हजारभन्दा बढी थपिएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ। जसमध्ये नौ जनाको मृत्यु भएको छ भने दुई सय ७८ जना निको भएका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो पटक एक साताममै दोब्बर भएको छ।

जेठ १६ गते एक हजार दुई सय १२ रहेको कोरोना संक्रमितको संख्या अहिले दुई हजार तीन सय पुगेको हो। त्यो भन्दा अघिल्लो साता पनि ६ दिनमै दोब्बर भएको थियो। जेठ ११ गतेसम्म संक्रमितको संख्या ६ सय तीन रहेको थियो।

त्यस अघि दुई सय ९५ बाट दोब्बर पुग्न आठ दिन लागेको थियो। जेठ ४ गते दुई सय ९५ रहेको संक्रमितको संख्या जठ ११ मा ६ सय तीन पुगेको हो। यो अन्य देशको तुलनामा तिव्र देखिएको छ। भारतमा पनि आठ दिनदेखि १२ दिनसम्ममा दोब्बर हुँदै आएको छ।

निको हुने दर भने न्यून छ। संसारभर झण्डै ५० प्रतिशत संक्रमित निको भएका छन्।भारतमा पनि ४५ प्रतिशतभन्दा बढी संक्रमित निको भएका छन्। नेपालमा भने १४ प्रतिशत संक्रमित मात्रै निको भएका छन्।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता