Saturday, 15th August, 2020

कोरोनाविरुद्ध नेपालको खोपमा डब्ल्यूएचओको चासो

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हेटौँडास्थित त्रिवि वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ।

अध्ययन संस्थानका प्राडा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरिएको  भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्यूएचओले बिहीबार जानकारी लिएको हो। जेनेभास्थित डब्ल्यूएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्राडा दासले जानकारी दिए। 

यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्यूएचओमा पठाइएको थियो। अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा  डब्ल्यूएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला  छनोट भएपछि  भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा  प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा  समेत छलफल भएको प्रा गैरेले जानकारी दिए। “सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्यूएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा गैरेले भने। 

उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको  छ। प्राडा दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गरेको दाबी गरेका छन्।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता