Saturday, 15th August, 2020

आज मात्रै थपिए २७८ जना कोरोना संक्रमित

काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना,  प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी  नेपालमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

गत जेठ ७ गते भारतबाट आएका ती युवक १४ दिन विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका थिए। क्वारेन्टाइनमा बसेर घर फर्किएका उनको राति दुई बजे मृत्यु भएको हो।

दुई पटकसम्म गरिएको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) मा कोरोना नेगेटिभ आएपछि जेठ २१ गते घर गएका थिए। बिहीबार नै उनको स्वाब संकलन गरेर सुर्खेतकै पशुपन्छी रोग अन्वेषण प्रयोगशाखामा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता