Thursday, 13th August, 2020

१० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन् । उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए ।  

संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए ।

महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एकजनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा ती नेपाली सेनाहरु नै खटिएका थिए । संक्रमित सबै केही दिनदेखि नै आइसोलेशनमा बस्दै आएका हुन् ।

करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ कटवालले बताए । शव व्यवस्थापनमा खटिएका सेनाहरु पहिलेदेखि नै आइसाेलेशनमा बस्दै आएकाले ब्यारेकलाई शिल गरिएको छैन, उनले भने । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता