Saturday, 26th September, 2020

आज देशभर १,०६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा ४८१ जनामा कोरोना पुष्टि भएको बताए ।

उनका अनुसार उपत्यकाका काठमाडौँ ३९३, ललितपुरमा ५८ र भक्तपुर ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । नेपालमा थप १०६९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ।

संक्रमितमध्ये २२ हजार  १७८ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २३९ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ७६८ जना घर फर्किएका छन्। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...