Friday, 15th January, 2021

देशभर २ हजार २८७ जना कोरोना मुक्त

काठमाडौँ  पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४८ हजार १३८ संक्रमितको संख्या पुगेको जनाए । 

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार २८७ जना रहेको छ । एकै दिन निको भएर जानेको संख्या यो अहिलेसम्मकै उच्च हो ।  मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ८८ हजार १७४ परीक्षणहरु गरिएका छन् ।

त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ६११ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३१० जना रहेका छन् ।  सकृय संक्रमितको संख्या १४ हजार ८६८ जना रहेको छ । २४ घन्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...