Monday, 30th November, 2020

आज देशभर ४४९९ जनामा कोरोना संक्रमण

काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज दुर्गम गाउँहरुमापनि कोरोना पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् भने २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् ।

यस्तै मोरङका २२३ जना, काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८र२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६–१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४–१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका १३ जना, बाग्लुङका १२, गोरखा र तनहुँका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०–१० जना, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७–७ जना, लमजुङ, कञ्चनपुर र डोटीका ६–६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५–५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४–४ जना, संखुवासभा, स्याङ्जा र जुम्लाका ३–३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २–२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १–१ जनामा संक्रमण देखिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...