Tuesday, 1st December, 2020

कोरोना संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । सरकारले लक्षित वर्ग बाहेकका व्यक्तिले कोरोनाको उपचार खर्च स्वयं व्यहोर्नुपर्ने निर्णय गरेपछि अस्पतालहरूले अग्रिम रकम बुझाउनुपर्ने नियम कार्यान्वयनमा ल्याएका थिए ।

यसअघि सरकारले विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरूमा लक्षण देखिए व्यक्ति बाहेकले परीक्षण तथा उपचार खर्च स्वयं व्यहोर्नुपर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) संयोजक डा. गुणराज लोहनीले आइतवार एक विज्ञप्ति जारी गर्दै खर्च व्यहोर्न नसक्ने सबैको उपचार गर्न निर्देशन दिएका छन् । 

सरकारी निर्णय अनुसार गरीब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिक भएको बिरामीका तर्फबाट स्वयं घोषणा गरेमा निःशुल्क उपचार गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्नु हुन यो विज्ञप्ति जारी गरिएको छ,’ निर्देशनमा भनिएको छ ।

जारी विज्ञप्ति :



सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...