लक्षण बिनाको काेरोना संक्रमण झन खतरनाक

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । यसबीच थुप्रै खाले अध्ययन अनुशन्धानहरु पनि भैरहेका छन । पछिल्लो समय दोहोरिएर कोरोना संक्रमण हुने क्रम बढ्दै गएको छ । शरीरमा हुने कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी समाप्त भएपछि कोरोना संक्रमण दोहोरिएको हो ।
लण्डनमा भएको पछिल्लो अध्ययनबाट यस्तो खुलासा भएको हो । अध्ययन अनुसार लक्षण देखिएका संक्रमित विरामीको तुलनामा बिना लक्षणका विरामीहरुको शरीरमा रहेको एन्टिबडी छिटो समाप्त हुन्छ । यस्तो अवस्थामा कोरोना संक्रमण दोहोरिने प्रबल सम्भावना रहन्छ ।
ईम्पेरियल कलेज लण्डन र मार्केट रिसर्च फर्म ईम्पोसिस मोरीले यस्तो अध्ययन गरेको हो । ७५ बर्ष या यसभन्दा बढी उमेरका कोरोना संक्रमित विरामीहरुभन्दा १८ देखि २४ बर्ष समुहका संक्रमित विरामीहरुको एन्टिबडी समाप्त हुने गति कम भएको अनुशन्धानमा संलग्न ईम्पेरियल कलेज र ईम्पोसिस मोरीका अनुशन्धानकर्ताहरुले दावी गरेका छन ।
जुन महिनाको मध्यदेखि सेप्टेम्बरको अन्त्यसम्म ईङ्ग्ल्याण्डमा संकलन गरिएका लाखौं कोरोना संक्रमित विरामीहरुको नमुनाको अध्ययनले शरीरमा एन्टिबडी भएकाहरुको संख्या लगभग ३ महिनाको अवधिमा २६.५ प्रतिशतले कमी आएको पुष्टि भयो । २० जुनदेखि २८ सेप्टेम्बरसम्म गरिएको यो अध्ययनमा ३ लाख ६५ हजार बयस्कहरु सहभागी भएका थिए । उनीहरुको ३ पटकसम्म एन्टिबडी परीक्षण गरिएको थियो ।
मानिसको शरीरमा लामो समयसम्म एन्टिबडी रहने भन्ने विषयमा हालसम्म कुनै पुष्टी नभएको अनुशन्धानकर्ताहरुले बताएका छन । ब्रिटेनका सहायक स्वास्थ्य मन्त्री जेम्स बेथेलले कोरोना भाइरसविरुद्ध विकसित हुने एन्टिबडीका बारेमा जान्न र बुझ्न यो अध्ययन सहयोगी सावित हुने बताए ।
इम्पेरियल कलेज लण्डनको स्कुल अफ पब्लिक हेल्थका एक विज्ञ पाल एलियटले भने, “शरीरमा एन्टिबडीको उपस्थिति कति मात्रामा रहन्छ ? र इम्युनिटी कहिलेसम्म रहन्छ ? भन्ने विषय अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।”
एन्टिबडी भएकाहरुको संख्या २६.५ प्रतिशतले कमी हुनुको अर्थ देशमा एन्टिबडी भएकाहरुको संख्या ६ प्रतिशतले घटेर ४.४ प्रतिशतमा पुगेको अनुशन्धानकर्ताहरुले बताएका छन । यस अध्ययनका एक लेखक हेलेन वार्डले बताए अनुसार यो अध्ययन एक बृहत अध्ययन हो ।
यो अध्ययन अनुसार एन्टिबडी भएकाहरुको संख्या दिनानुदिन घट्दै गैरहेको छ । यस्तो अवस्थामा आफ्नो र अरुको स्वास्थ्यका लागि सजग हुन सबैखाले सावधानीहरु अपनाउनु पर्ने हेलेन वार्डलाई उद्धृत गर्दै मेडिकल एक्स्प्रेसले जनाएको छ । मेडिकल एक्स्प्रेस

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या एक लाख ६८ हजार २३५ जना पुगेका छन् । तीमध्ये सक्रिय...

काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि रेमडिसिभिरको थप २० हजार भाइल नेपाल आउने भएको छ । नेपाल ल्याउन लागिएको रेमडिसिभिर क्लिनिकल ट्रायल गरिरहेको संस्था...

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । सरकारले लक्षित वर्ग बाहेकका...

काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँकलन गरेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ...

काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९...

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ पुरुष र ५ महिला रहेका छन् । मृत्यु हुनेमा काठमाडौंको ५ जना रहेका छन् । त्यस्तै, चितवनका...

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना भएको छ । यो अवधिमा कोभिडसँग सम्बन्धित थुप्रै अध्ययन र अनुसन्धान भएका छन्। विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएका...

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा...

काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म २५,५६१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको...

काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमित हुनेको कुल संख्या ४१ हजार ६४९ पुगेको छ जसमध्ये सक्रिय संक्रमित १८ हजार १०८ जना छन्। आज...

काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन् । प्रसुति...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...