Tuesday, 1st December, 2020

नयाँ मूल्यमा २० हजार भाइल रेमडिसिभिर आउँदै

काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि रेमडिसिभिरको थप २० हजार भाइल नेपाल आउने भएको छ । नेपाल ल्याउन लागिएको रेमडिसिभिर क्लिनिकल ट्रायल गरिरहेको संस्था जुलियडको लाइसेन्स लिएर भारतीय कम्पनी सिप्लाले उत्पादन गरेको औषधि हो।

जुन तेस्रो चरणको क्लिनिकल ट्रायलमा छ। औषधि यतिकेम डिस्टिबयुटले ल्याउन लागेको हो । पहिलो चरणमा ३ हजार भाइल केहीदिनभित्रै नेपाल आइपुग्ने यतिकेम समूहका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यले जानकारी दिए।

कम्पनीसँग २० हजार भाइलको सम्झौता भएको र तत्काल ३ हजार तथा थप ५ हजार भाइल एक साताभित्रै नेपाल आइपुग्ने बैद्यले बताए । यसअघि सो औषधि वैद्यले सरकारको आग्रहअनुसार निर्माता कम्पनीसँग कुरा गरेर नयाँ मूल्य तय गरेकोसमेत जानकारी दिए। यसअघि सो औषधिको मूल्य नेपाली बजारमा ६ हजार ४०० थियो।

नयाँ मूल्य अनुसार अब याे औषधिकाे मूल्य नेपालमा ५ हजार ३ सय पर्ने उनले जानकारी दिए । श्वाप्रश्वासको समस्या भई आइसियुमा उपचारमा रहेका संक्रमितलाई मात्र रेमडिसिभर औषधि चलाइने चिकित्सकले बताएका छन् ।

हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृत दिएका कोभिड अस्पतालले मात्र बिरामीमा औषधिको परीक्षण गर्न पाउनेछन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...