Tuesday, 1st December, 2020

आज देशभर ३ हजार ५१७ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या एक लाख ६८ हजार २३५ जना पुगेका छन् । तीमध्ये सक्रिय संक्रमित ३८ हजार ३५७ जना छन् ।  

शुक्रबार कोभिड १९ संक्रमणका कारण निधन हुने १६ जना छन् । हालसम्म नेपालमा ९२० जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । गत २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या चार हजार ९६ रहेको छ । अहिलेसम्म मुलुकमा कोरोना निको हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

हाल देशमा दुई हजार ६६६जना क्वारेन्टिनमा छन् भने आइसोलेसनमा ३८ हजार ३५७ जना रहेका छन् । गत एक दिनमा १४ हजार ९८९ कोरोना परीक्षण भएको छ । हालसम्म नेपालमा कुल १४ लाख ३४ हजार ५३ पीसीआर परीक्षण भइसकेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...