Saturday, 22nd February, 2020

मानव तस्करीको आरोपमा एनआरएन सदस्य पक्राउ

काठमाडौं  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य छत्र श्रेष्ठ मानव तस्करीको आरोपमा जर्मनीमा पक्राउ परेका छन्। उनलाई जर्मनीको डोर्टमुन्ड नर्देन वेस्टफाल एनआरडब्लु स्टेट प्रहरीले पक्राउ गरेको हो।

स्याङ्जा घर भएका श्रेष्ठ लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थिए। सन् २००१ मा गैरकानुनी रुपमा युरोप छिरेका श्रेष्ठका जर्मनी र इटालीमा आधा दर्जन व्यवसाय छन्। दुवै मुलुकमा एसियन रेस्टुरेन्ट खोलेका श्रेष्ठले १७६ जना नेपालीलाई गैरकानुनी रुपमा स्पेन, पोर्चुगल र इटालीमा पठाएको आरोप जर्मन प्रहरीले लगाएको छ।

रेस्टुरेन्टका नेपाली कामदारको श्रम शोषण गरेको र तलब नदिएको उजुरी श्रेष्ठविरुद्ध परेको छ। डोर्टमुन्ड प्रहरीले श्रेष्ठलाई उनका परिवार र नेपाली समुदायलाई भेट्न दिएको छैन।

एनआरएनको नीति निर्माण गर्ने उपल्लो निकाय अन्तर्राष्ट्रिय समन्वय परिषद्कै नाममा एक हजार बढी व्यक्तिलाई युरोप छिराएको खुलेको छ। आइसिसी सदस्य  श्रेष्ठसँगै एनआरएन उच्च अधिकारीको संलग्नतामा युरोपमा मानव तस्करी  भएको र आफू पनि अनुसन्धानमा तानिन सक्ने भन्दै एनआरएनको उपल्लो निकायमा खैलाबैला मच्चिएको छ ।

युरोप सेन्जेन कन्ट्रीको कानुनअनुसार कुनै अभियोग लागेका व्यक्तिसँगको संलग्नता भएका व्यक्ति अन्य मुलुकमा रहे पनि तत्काल पक्राउ गरी अनुसन्धान गर्न सक्ने व्यवस्था छ। श्रेष्ठ पक्राउपछि एनआरएनका पूर्व तथा बहालवाला उच्च अधिकारी जर्मनीलगायत युरोपमा व्यवसाय गरिरहेकाले कुनै पनि बेला पक्राउ पर्न सक्छन्।

यस्तो आरोपमा अन्य व्यक्ति पनि पक्राउ पर्न सक्ने भन्दै एनआरएन समुदाय सचेत भएको छ । एनआरएनमाथि मानव तस्करी, कर छली र वित्तीय संस्थामा भ्रष्टाचार गर्न उक्साएको आरोप लाग्दै आएको छ।  


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको...


काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपालीमा कोरोना भाइरसको...


चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । आज मंगलबार पनि शेयर बजारमा २ अर्ब रुपैयाँभन्दा माथिको...


काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार...


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो...


काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


More News