Tuesday, 2nd June, 2020

कुवेतमा कोरोनाबाट ३१ नेपाली संक्रमित

काठमडौँ । नेपालीको रोजगार गन्तव्य कुवेतमा कोभिड—१९ बाट संक्रमित हुने नेपालीको संख्या ३१ पुगेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार र बिहीबार दुई दिनमा ७ जना थप भएसँगै संक्रमित नेपालीको संख्या ३१ पुगेको हो । खाडी मुलुकमा संक्रमित हुने नेपालीमध्ये यो दोस्रो ठूलो संख्या हो । बहराइनमा ४९ नेपाली संक्रमित छन् ।

नेपाली दूतावास कुवेतकी द्वितिय सचिव जानकी ओझाका अनुसार संक्रमणमा परेका नेपालीले कुवेती नागरिक सरह उपचार पाइरहेका छन् । ‘उपचारका लागि उनीहरुलाई फरक व्यवहार गरिएको छैन’, उनले टेलिफोनमा भनिन्, ‘कुवेती नागरिक सरह नेपालीको पनि उपचार भइरहेको छ। केहीको अवस्था सुधार भइरहेको छ ।’ बुधबार ५ नेपालीमा संक्रमण देखिएको थियो। बिहीबार २ जना थपिएका हुन् ।

कुवेतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाका कारण त्यहाँ १४ जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म कूल संक्रमित हुनेको संख्या २ जार ३९९ पुगेको छ। ती मध्ये २२ जनाको अवस्था चिन्ताजनक रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

बिहीबार मन्त्रालयद्वारा जारी कोरोना अपडेटअनुसार स्थिति गम्भीर भएका २२ जनाको आइसियुमा उपचार भइरहेको छ। कुवेतमा संक्रमित भएकामध्ये ४९८ जना निको भएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता