कतारमा राहत वितरणको जिम्मा एनआरएनएलाई

काठमाडौँ । गैरआवासीय नेपाली संघ कतारले त्यहाँ समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न वितरण गर्ने भएको छ ।
अहिलेसम्म नेपाली दूतावास, गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग वितरण गर्दै आएकोमा राहत वितरणमा हुनसक्ने दोहोरोपन हटाउन त्यसको जिम्मा एनआरएनएलाई दिइएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यस प्रक्रियामा दूतावासले संरक्षक र सहजकर्ताको भूमिका निभाउने गरी आजदेखि राहत कार्यक्रम नसकिंदासम्म वितरणको सम्पूर्ण जिम्मा एनआरएनएलाई दिएको हो । यसले राहत वितरण प्रक्रियालाई एकीकृत रूपमा छरितो तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यस्तै कतारमा रहेका नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूले राहत खाद्य सामाग्रीको लागि गैह्रआवासीय नेपाली संघ कतारलाई सहयोग गरिदिन तथा राहत वितरणका लागि स्वयंसेवीहरू उपलब्ध गराइदिन पनि दूतावासले आग्रह गरेको छ ।
राहत खाद्य सामाग्री भण्डारणका लागि दूतावासले आवश्यक सहयोग गर्नेछ । दूतावासका अनुसार राहत सामाग्री वितरणका लागि समन्वय गर्न दूतावासकोतर्फबाट एकजना प्रतिनिधिलाई समावेश गरिनेछ ।
यस्तै एनआरएनए कतारले राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्नेछ । यसैगरी राहत खाद्यसामग्री प्राप्त गर्ने व्यक्ति तथा उनीहरुलाई परेको समस्याको जानकारी सहितको नामावली दूतावासलाई पनि उपलब्ध गराउने पनि दूतावासले जनाएको छ ।
संकटको बेला राहत खाद्य सामग्री आवश्यक पर्ने कतारमा रहेका नेपालीहरूलाई गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को फोन नम्बर ७४४४९५९२, ५०१२९९००, ७०९०९७२२ र इमेलः nrnancc.qatar2003@gmail.com मा सम्पर्क गर्न दूतावासको अनुरोध छ ।

काठमाडौँ । युरोपेली मुलुक रोमानियाका ५०० नेपाली कोरोना भाईरस संक्रमित भएका छन् । ती मध्ये करिब दुई दर्जनको अवस्था गम्भिर छ । लगभग तिन सय नेपाली उपचारपछि फर्किएपनि बाँकी उपचारको...

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्। प्रधानमन्त्री टुडोले एक विज्ञप्ति प्रकाशित गर्दै क्यानडामा रहेका र...

काठमाडौं । कोरोना संक्रमणबाट यो साता विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत स्वास्थ्य समितिका अनुसार पछिल्लोपटक कोरोनाका कारण बेलायतमा १ र...

काठमाडौं । मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएको घटनाबारे मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ। केहीदिन यता एक नेपाली सुरक्षा गार्डलाई कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल...

काठमाडौँ । कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।कुवेत सरकारले अगष्ट १ देखि अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। तर, नेपालसहित ७ देशका नागरिकलाई...

काठमाडौं । कतारले कोरोना महामारीका बेला विदेशी नागरिकलाई प्रवेशमा लगाएको रोक हटाउँदै अगष्ट १ देखि प्रवेश अनुमति दिने भएको छ । कतारले जोखिम कम भएका देशको सूची सार्वजनिक गर्दै नयाँ...

काठमाडौँ । मलेसियाका जेल तथा डिटेन्सन सेन्टरहरुमा रहेका १२६ जना नेपाली स्वदेश फिर्ता भएका छन्। कोरोना महामारीका कारण मलेसियामा समस्यामा परेका नेपाली फर्काउन उडाइएका चार्टर्ड...

काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि शुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं...

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१...

काठमाडौँ । बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड- १९ को संक्रमण भएको...

काठमाडौँ । विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपाली फर्काउने तयारी भएको छ । सम्बन्धित देशले नै त्यहाँ रहेका नेपालीलाई फर्काइदिन लागेका हुन् । कुवेत, साउदी र मलेसियाले यसका लागि...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...