Thursday, 13th August, 2020

मलेसियाका जेलमा रहेका १२६ नेपाली स्वदेश फिर्ता

काठमाडौँ । मलेसियाका जेल तथा डिटेन्सन सेन्टरहरुमा रहेका १२६ जना नेपाली स्वदेश फिर्ता भएका छन्। कोरोना महामारीका कारण मलेसियामा समस्यामा परेका नेपाली फर्काउन उडाइएका चार्टर्ड जहाजमार्फत हालसम्म मलेसियाको विभिन्न जेल तथा डिटेन्सन केन्द्रहरुमा रहेका १२६ जना नेपाल फर्किसकेको क्वलालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी आउँदो २९ जुलाइमा हुने हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत पनि जेलर डिटेन्सन केन्द्रहरुमा रहेका थप ७५ जना नेपालीहरुलाई फर्काइन लागेको दूतावासले जनाएको छ । सो उडानमा फर्किन लागेका उनीहरुमध्ये ५५ जनालाई हार्वेस्ट मून ट्राभल्स एण्ड टुर्स प्रालिले निःशुल्क हवाई टिकट उपलब्ध भएको दूतावासले जनाएको छ ।

दूतावासले जेल तथा डिटेन्सन केन्द्रहरुमा रहेका नेपालीलाई केही जानकारी, सूचना तथा विवरण चाहिएमा हटलाइन ०१६२४७२७७७ मार्फत वा जेल शाखाको इमेल nepallegal.kl@gmail.com मार्फत समेत सम्पर्क गर्न सकिने जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता