अगष्टदेखि कतारले विदेशी नागरिकलाई प्रवेश दिने

काठमाडौं । कतारले कोरोना महामारीका बेला विदेशी नागरिकलाई प्रवेशमा लगाएको रोक हटाउँदै अगष्ट १ देखि प्रवेश अनुमति दिने भएको छ । कतारले जोखिम कम भएका देशको सूची सार्वजनिक गर्दै नयाँ मापदण्ड बनाएर प्रवेश खुल्ला गरेको हो । नेपालमा सरकारले पुनः श्रम स्वीकृति खुल्ला गरेसँगै कतार जानका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ ।
साउन १ गतेदेखि हिजो बिहीबारसम्म मात्रै ३१९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।तर कतारले सार्वजनिक गरेको कम जोखिम भएका देशमा नेपाल पर्दैन । सूचीमा नेपाल नपर्दा पुनः श्रम स्वीकृति लिएकाहरु तत्काललाई कतार जान नपाउने भएका छन् । कतारले नेपालसहित भारत, बंगलादेश र पाकिस्तान जस्ता देशको नाम त्यो सूचीमा राखेको छैन ।
हुन त यो सूची प्रत्येक दुई हप्तामा हेरफेर गर्न सक्ने जनाएको छ । कतारले जारी गरेको नियम अनुसार दक्ष र अदक्ष श्रमिकसहित घरेलु कामदारलाई पनि अगष्ट १ देखि प्रवेशमा अनुमति दिइने छ । तर उनीहरुले प्रवेशका लागि अनुमति लिनु पर्छ । कतारले प्राथमिकता, सार्वजनिक स्वास्थ्यको मापदण्ड, सरकारी र अर्ध सरकारी क्षेत्रको आवश्यकता र मानवीयताको आधारमा अनुमति दिने जनाएको छ ।
निजी क्षेत्रका दक्ष र अदक्ष कामदारको क्वरेण्टीन खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्न पर्नेछ भने घरेलु कामदारको हकमा पनि अनुमति प्राप्त भए पनि क्वरेण्टीन खर्च भने रोजगारदाताले नै तिर्नु पर्छ । श्रमिकले कतार यात्रा गर्नका लागि रोजगारदातासँग समन्वय गर्नु पर्नेछ ।
कतारले सार्वजनिक गरेको कम जोखिमयुक्त देशको सूचीमा नपर्ने अर्थात नेपालबाट जानेले पनि यात्रा गर्नुभन्दा ४८ दिनअघिको कोरोना पोजेटिभ नभएको रिपोर्ट पेश गर्नुपर्छ । कतार पुगेपछि क्वरेण्टीनमा बस्नैपर्छ । यसरी होटल क्वरेण्टीनमा बस्दा पोजेटिभ रिजल्ट आएकाहरु आइसोलेसनमा बस्नुपर्छ भने नेगेटिभ आएमा होटल क्वरेण्टीपछि पनि एक हप्ता होम क्वेरन्टिनमा बस्नुपर्छ ।

काठमाडौँ । युरोपेली मुलुक रोमानियाका ५०० नेपाली कोरोना भाईरस संक्रमित भएका छन् । ती मध्ये करिब दुई दर्जनको अवस्था गम्भिर छ । लगभग तिन सय नेपाली उपचारपछि फर्किएपनि बाँकी उपचारको...

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्। प्रधानमन्त्री टुडोले एक विज्ञप्ति प्रकाशित गर्दै क्यानडामा रहेका र...

काठमाडौं । कोरोना संक्रमणबाट यो साता विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत स्वास्थ्य समितिका अनुसार पछिल्लोपटक कोरोनाका कारण बेलायतमा १ र...

काठमाडौं । मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएको घटनाबारे मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ। केहीदिन यता एक नेपाली सुरक्षा गार्डलाई कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल...

काठमाडौँ । कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।कुवेत सरकारले अगष्ट १ देखि अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। तर, नेपालसहित ७ देशका नागरिकलाई...

काठमाडौँ । मलेसियाका जेल तथा डिटेन्सन सेन्टरहरुमा रहेका १२६ जना नेपाली स्वदेश फिर्ता भएका छन्। कोरोना महामारीका कारण मलेसियामा समस्यामा परेका नेपाली फर्काउन उडाइएका चार्टर्ड...

काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि शुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं...

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१...

काठमाडौँ । गैरआवासीय नेपाली संघ कतारले त्यहाँ समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न वितरण गर्ने भएको छ । अहिलेसम्म नेपाली दूतावास, गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा...

काठमाडौँ । बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड- १९ को संक्रमण भएको...

काठमाडौँ । विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपाली फर्काउने तयारी भएको छ । सम्बन्धित देशले नै त्यहाँ रहेका नेपालीलाई फर्काइदिन लागेका हुन् । कुवेत, साउदी र मलेसियाले यसका लागि...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...