Saturday, 15th August, 2020

मलेसियामा नेपाली कुटिएको घटनाबारे अनुसन्धान सुरु

काठमाडौं । मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएको घटनाबारे मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ। केहीदिन यता एक नेपाली सुरक्षा गार्डलाई कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

क्यालालाम्पुरको वाग्सा मजु भन्ने स्थानमा भएको उक्त घटनाबारे स्थानिय प्रहरी अधिकारी राजीव अहमद स्माइलले अनुसन्धान थालिएको स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन।

‘हामीले प्रारम्भिक रुपमा कुट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको र पीडीत नेपाली गार्ड भएको थाहा पाएका छौं,’ प्रहरी अधिकारी अहमदले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन।

नेपाली गार्डको परिचय अझै नखुलेको र आफूहरु अनुसन्धानकै क्रममा रहेको उनले बताएका छन। उनले कसैलाई ती व्यक्तिबारे जानकारी भए प्रहरीलाई खबर गर्न समेत भनेका छन।

गत शुक्रबार एक सुरक्षा गार्डलाई अर्का व्यक्तिले कुटेको भिडियो भाइरल बनेको थियो। एक मिनेटको उक्त भिडियोमा एक मलेसियन भाषा बोल्ने व्यक्तिले बारम्बार छडीले नेपाली सुरक्षा गार्डमाथि आक्रमण गरेको देखिन्छ।

मलेसियास्थित नेपाली दूतावासले पनि उक्त घटनामा गम्भीर ध्यानाकर्ष भएको जनाउँदै प्रहरीलाई उजुरी गरिसकेको जनाएको छ।

‘मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक सञ्जालमा आएको भिडियो सम्बन्धमा नेपाली दूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ,’ दूतावासले फेसबुकमा लेखेको छ, ‘सो घटनाको थप अनुसन्धानका लागि मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ।’

दूतावासले उक्त विषयमा थप जानकारी भएका आफूहरुलाई सम्पर्क गर्न समेत अपिल गरेको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता