Saturday, 26th September, 2020

कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट यो साता विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत स्वास्थ्य समितिका अनुसार पछिल्लोपटक कोरोनाका कारण बेलायतमा १ र यूएईमा २ नेपालीको मृत्यु भएको हो ।

शनिबार साँझसम्मको तथ्यांकअनुार १६ देशमा गरी कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १९५ पुगेको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबलगायत देशमा नेपालीमा कोरोना संक्रमण हुने क्रम केही बढेको छ।

अस्ट्रेलिया र युरोपका केही देशमा कोरोना महामारीको दोस्रो वेभ (लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रूपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

हालसम्म ती देशमा बस्ने ३४ हजार ७ सय १ नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ३२ हजार ५ सय ११ जना भने कोरोनाबाट मुक्त भइसकेको स्वास्थ्य समितिले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...