रोमानीयामा ५०० नेपालीलाई कोरोना पुष्टि

काठमाडौँ । युरोपेली मुलुक रोमानियाका ५०० नेपाली कोरोना भाईरस संक्रमित भएका छन् । ती मध्ये करिब दुई दर्जनको अवस्था गम्भिर छ । लगभग तिन सय नेपाली उपचारपछि फर्किएपनि बाँकी उपचारको क्रममा छन् । बाँकि आफ्नै घरमा आराम गरेर बसेका छन् ।
त्यस्तै, रोमनियाबाट हंगेरीहुँदै पस्चिमी युरोप छिर्न खोजेका केहि नेपालीलाई रोमानियाको सिमा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको त्यहाँका वाणिज्यदूत नवराज पोख्रेलले पुष्टि गरे । पोखरेलले दिएको जानकारि अनुसार तोताल अटो सर्भिस भन्ने त्यहाँको कारहरु बेचबिखन गर्ने कम्पनीमा ४२ नेपाली काम गर्थे ।
ती मध्ये केहिमा कोरोनाका लक्षणहरु देखिएपछि करिब १० जनाको परिक्षण गरिएको थियो । परिक्षण गर्दा सबैमा कोरोना पोजेटिभ देखिएपछि बाँकिको परिक्षण गरियो । ती बाहेक अन्य सुसी रेस्टुरेन्ट, भवन निर्माण लगायतका क्षेत्रमा काम गर्ने अन्य नेपालीहरुको परिक्षण गर्दा करिब पाँच सयमा कोरोना पोजेटिभ देखिएको पोखरेलले बताए ।
रोमानियमा केहि शर्त सहित काम गर्न आएका नेपालीहरु स्वर्ग छ भन्दै फ्रान्स, जर्मनी, स्पेन, ईटाली, पोर्चुगल लगायत पस्चिमी युरोप छिर्न कम्पनी छोडेर भागेका थिए । भागेर रोमानिय हुँदै हंगेरी छिर्न खोज्दा तिन जना नेपालीलाई रोमानियाको प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । ती नेपालीको पासपोर्ट जफत गरि हिरासतमा राखेपछि रोमानियन प्रहरीले नेपाली वाणिज्यदूत नवराज पोख्रेलसित सम्पर्क गरेको पोख्रेलले बताए ।
“गैह्र कानुनी रुपमा ती भाइहरु रोमानियबाट भागेर युरोपको अन्य देश छिर्न खोजेका रहेछन् । बोर्डरमा पक्राउ परेपछि प्रहरीले मलाई खबर गर्यो । मैले तिनको पासपोर्ट मागेर छुटाउन प्रयास गरिरहेको छु” पोख्रेलले भने । सुरक्षा र नैतिकताका आधारले ती नेपालीको नाम उल्लेख गर्न नसकिने पोख्रेलले बताए ।
झन्नै डेढ सय नेपाली अहिले कोरोनाका बिरामी भएपनि हाल होम क्वारेन्टाईनमै बस्न बाध्य भएको पोख्रेलले जानकारि दिए । उनका अनुसार हाल रोमानियाको राजधानी बुखारेस्टका अधिकांश अस्पतालहरु विरामीले भरिभराउ छन् । नयाँ बिरामीहरु राख्ने बेड छैन । त्यसैले अति गम्भिर अवस्थाका विरामी बाहेक त्यहाँ अन्यलाई अस्पतालमा कोठा पाइन्न ।
“कुनै ब्यक्तिले एम्बुलेन्सलाई फोन गरेर गम्भिर बिरामी परेको सूचना दिँदै बोलाए पनि बाटोमा यति फोन आउँछन् कि त्यो एम्बुलेन्सले बाटोमा अन्य दश जना बिरामी बोकेर आउँछ । यहाँको अवस्था गम्भिर छ। सामन्य रोगीले उपचार पाउने कुरो गाह्रो छ” पोख्रेलले सुनाए । त्यसैले अत्यन्त गम्भिर अवस्थाका विरामीबाहेक हाल रोमानियाका अस्पतालमा अन्य बिरामीले भर्ना पाउँदैनन् ।
रोमानियामा वर्क भिसामा आएका नेपाली यदि उक्त देश भागेर अन्यत्र गएमा कम्तिमा पाँच वर्ष रोमानिया र युरोपेली कुनैपनि देशमा बस्न नपाने कानुनी प्रावधान छ । त्यससँगै जेल बस्नुपर्ने नियम पनि छ । कतिपय नेपालीले यो प्रावधान बुझेपनि लत्याउने गरेका छन् भने कतिपयले साथीभाईको लहै लहैमा लागेर कानुन मिचि युरोपका अन्य मुलुक छिर्न भाग्ने गरेका छन् । यो मानसिकताले गर्दा पछिल्लो समयमा नेपालीहरुलाई कामदारको रुपमा ल्याउने रोमानियामा नेपालीप्रतिको विश्वास र भरोसा खस्कँदो छ ।

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्। प्रधानमन्त्री टुडोले एक विज्ञप्ति प्रकाशित गर्दै क्यानडामा रहेका र...

काठमाडौं । कोरोना संक्रमणबाट यो साता विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत स्वास्थ्य समितिका अनुसार पछिल्लोपटक कोरोनाका कारण बेलायतमा १ र...

काठमाडौं । मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएको घटनाबारे मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ। केहीदिन यता एक नेपाली सुरक्षा गार्डलाई कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल...

काठमाडौँ । कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।कुवेत सरकारले अगष्ट १ देखि अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। तर, नेपालसहित ७ देशका नागरिकलाई...

काठमाडौं । कतारले कोरोना महामारीका बेला विदेशी नागरिकलाई प्रवेशमा लगाएको रोक हटाउँदै अगष्ट १ देखि प्रवेश अनुमति दिने भएको छ । कतारले जोखिम कम भएका देशको सूची सार्वजनिक गर्दै नयाँ...

काठमाडौँ । मलेसियाका जेल तथा डिटेन्सन सेन्टरहरुमा रहेका १२६ जना नेपाली स्वदेश फिर्ता भएका छन्। कोरोना महामारीका कारण मलेसियामा समस्यामा परेका नेपाली फर्काउन उडाइएका चार्टर्ड...

काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि शुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं...

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१...

काठमाडौँ । गैरआवासीय नेपाली संघ कतारले त्यहाँ समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न वितरण गर्ने भएको छ । अहिलेसम्म नेपाली दूतावास, गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा...

काठमाडौँ । बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड- १९ को संक्रमण भएको...

काठमाडौँ । विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपाली फर्काउने तयारी भएको छ । सम्बन्धित देशले नै त्यहाँ रहेका नेपालीलाई फर्काइदिन लागेका हुन् । कुवेत, साउदी र मलेसियाले यसका लागि...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...