Tuesday, 2nd June, 2020

नेपाली सेनाको बम बाग्लुङको जंगलमा हरायो

काठमाडौं  नेपाली सेनाको अर्जुनवाण गणले बाग्लुङको काठेखोला गाउँपालिका-५ घोडाबाँधेस्थित जंगलमा बम हरायो । बम हराएपछि सेनाको टोलीले खोजी गर्‍यो तर पाएन । स्थानीय बिउँ गाउँका बासिन्दाले प्रयोग गर्ने सामुदायिक बनमा बम हराएपछि सेनाले गाउँपालिका र वडा कार्यालयलाई गाउँलेलाई जंगल जान सूचना दियो ।

सेनाले गाउँपालिका र वडा कार्यालयमा पत्र पठाएर उक्त आग्रह गरेको थियो। सेनाको पत्र पाएपछि गाउँपालिका र वडा कार्यालयले गाउँलेलाई जंगल नजान आग्रह गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले बताए । 

‘आर्मीको गणबाट पत्र आएपछि हामीले गाउँलेलाई बम हराएको क्षेत्रमा नजानु भनेका छौं,’ अध्यक्ष थापाले सेतोपाटीलाई भने, ‘बम नपाएसम्म त्यस क्षेत्रमा जान जोखिम हुन्छ भनेका छौं।’ 

सेनाको भाषामा ‘जिआर ४८२५’ इलाकामा तालिमका क्रममा शिक्षार्थीलाई अभ्यास गराउँदा बम हराएको बताएको छ । गणका सेनानी दीप श्रेष्ठले गाउँपालिकालाई लेखेको पत्रमा ‘२ इन्च मोटरबाट फायरिङ अभ्यास गराउँदा २ इन्च मोटरको एचई (ज्भ्) बम गोटा–१ मिस फायर (नपड्किएको) भई हराएको’ उल्लेख गरेको छ ।

सेनाले पत्रमा ‘हराएको बम दैनिक रूपमा खोजतलास गर्दासमेत हालसम्म फेला नपरेको हुँदा सुरक्षाका कारण त्यस कार्यालयहरूबाट स्थानीय समुदायिक वन तथा स्थानीय वासिन्दालाई बम नभेटिएसम्म उक्त क्षेत्रमा आवतजावत नगर्नु हुनका लागि जानकारी गराई दिनुहुन सहयोगार्थ अनुरोध गरिन्छ’ भनेको छ।’

वैशाख १८ गतेदेखि बम हराएपनि सेनाले गाउँपालिकालाई वैशाख २३ गते मात्र पत्र पठाएको थियो । पत्रमा उक्त बम कति शक्तिशाली भन्ने खुलाएको छैन । उक्त बम शक्तिशाली नै रहेको एक अधिकृतले बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता