Saturday, 15th August, 2020

लिपुलेक नजिकै चीनले बढायो सैन्य गतिविधि

काठमाडौं । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले भारतीय अतिक्रमणमा परेको नेपालको लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पिएलए) को एउटा बटालियन नै लिपुलेक नजिकै तैनाथ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भन्दै भारतीय मिडियाले प्रमुखताका साथ समाचार सार्वजनिक गरेका छन् ।भारतीय सुरक्षा अधिकारीलाई उदृतगर्दै भारतीय सञ्चारमाध्यमले नेपालसँगको विवादको समयमा चीनले एक बटालियन सुरक्षाकर्मी तैनाथ गर्नूलाई अर्थपूर्ण भनेर टिप्पणी गरेका छन् ।

नेपालको गम्भीर आपत्ति भए पनि भारतले सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । यहीँ विवादकाबीच चीनले उक्त क्षेत्र नजिकैको आफ्नो क्षेत्रमा सुरक्षाफौज तैनाथ गरेको छ ।

नेपालको भूमि आफ्नो नक्सामा राखेपछि भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालले नक्सा प्रकाशित गरेको थियो । त्यसपछि नेपाल र भारतबीचको संवादहीनताको अवस्था छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेपछि कालापानी नजिकै सशस्त्र प्रहरी पनि तैनाथ भएको छ । चीनले लिपुलेक नजिकै झण्डै १ हजार सुरक्षाकर्मीसहित बटालियन नै स्थापना गरेको छ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता