Saturday, 26th September, 2020

ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ

काठमाडाैं । ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिए । रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयले ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी जवानमाथि कुटपिट गरेका थिए।

मंगलबजार प्रभागमा कार्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्रहरी पनि घाइते भएका छन् । स्थानीयहरुले निषेधाज्ञा तथा प्रहरीको चेतावनीलाई वेवास्ता गर्दै बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तानेका थिए। त्यसक्रममा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेकाे थियाे।

स्थानीय प्रशासन र ज्यापु समाजको अनुमतिबिनै भेला भएका स्थानीयले रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा प्रहरीको पानीको फोहोरा हान्ने गाडी समेत तोडफोड भएको छ।

ट्राफिक जवान चढेको मोटरसाइकल समेत स्थानीयले तोडफोड गरेका छन्। भीड तित्तरबित्तर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। मच्छिन्द्रनाथको रथ यात्रा तत्काल रोक्ने निर्णय भएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...