Sunday, 25th October, 2020

भारतीय कोठीमा युवती बिक्री गर्ने एकजना पक्राउ

काठमाडौं  भारतीय कोठीमा नेपाली चेली बेचेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले कोठीमा युवती बेचेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का ५२ वर्षीय टाउटाउ तामाङलाई पक्राउ गरेको हो।  

तामाङलाई ब्यूरोको टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरेको हो। तामाङले न्यून आर्थिक अवस्था र अशिक्षित २० वर्षीया युवतीलाई राम्रो तलव र सुविधा हुने भन्दै झुक्याएर बेचेका थिए। ती युवतीलाई मुम्बईस्थित कोठीमा लगेर बेचिएको ब्यूरोले जनाएको छ ।  

पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना...


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना...


काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...