Sunday, 25th October, 2020

चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । सर्वसाधारण नागरिकलाई चिठ्ठा पर्‍यो भन्ने गलत सन्देश दिएर ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट दूर्गाभगवती गाउँपालिका वडा नं. ६ मत्सरी निवासी १८ वर्षीय सुमन झा, देवानी गोनाही वडा नं. ६ निवासी ५० वर्षीय सोनालाल ठाकुर र पर्सा वीरगञ्ज महानगरपालिका १६ नगवा निवासी १८ वर्षीय राजनारायण चौरसिया छन् ।

दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ५ निवासी दुई जना महिलाले असोज २२ गते आफूहरु ठगिएको भनेर दिएको जाहेरीका आधारमा खोजतलास गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए।

दाङका ती महिलालाई उनीहरुले इमो मार्फत फोन सम्पर्क गरी ठूलो धनरासीको चिठ्ठा परेको र त्यो पैसा प्राप्त गर्नका लागि ६३ हजार रकम चाहिने भन्दै आइएमई गर्न लगाएको डिएसपी खड्काले बताए।

उनीहरुमध्ये कतिपयले विभिन्न व्यक्तिका बैंक खातामा समेत रकम हाल्न लगाएर ठगी गरेको खड्काले बताए । भनेको रकम पठाई सकेपछि फेरि थप रकम पठाउन भन्दै बारम्बार इमो मार्फत फोन गर्न थालेपछि ती महिलाले आफूहरु ठगिएको महसुस गर्दै प्रहरीमा जाहेरी दिन गएका थिए ।

ठगी गर्ने गिरोहलाई खोजी गर्दै जाने क्रममा दाङ जिल्लाबाट खटिएको प्रहरीले रौतहट प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गर्न सफल भएको दाङका प्रहरी प्रवक्ता खड्काले बताए । पक्राउ परेका तीनै जनालाई घटना अनुसन्धानका लागि दाङमा ल्याएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


यसैबीच प्रहरीले अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा पठाएका गलत कुराहरु खोल्दै नखोल्न तथा चिठ्ठा पर्यो भन्ने गलत कुराको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । यदि कसैले पनि सामाजिक सञ्जाल मार्फत त्यस्तो म्यासेज पठाएर रकम मागेमा तत्काल प्रहरीमा खवर गर्न डिएसपी खड्काले आग्रह गरेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना...


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना...


काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...