Friday, 26th November, 2021

नेपालगञ्जमा ठुलो धनराशी सहित १० जुवाडे पक्राउ

काठमाडौं । बाँके प्रहरीले बुधबार राती नेपालगन्जबाट ठूलो राशिको रकमसहित दश जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गएराति नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क क्षेत्रको एक निजी घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रकम सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जानकारी दिएको छ

पक्राउ पर्नेमा बाँकेका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु रहेको बताइएको छ । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाइने प्रहरी उपरीक्षक रानाले बताए । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित अपराधलाई निस्तेज तथा न्यूनीकरण गर्नका लागि १४ बुँदे विशेष सुरक्षा योजनासहित अगाडि बढेको बाँके प्रहरीले जुवातास नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि चालेको यो पहिलो ठूलो कारवाही हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...