इस्लामका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँयो

काठमाडौं । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५औं जन्मोत्सव शुक्रबार मनाइँएको छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।
तर, यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण कपिलवस्तुका मुस्लिम समुदायका व्यक्तिले सामूहिक भेला भएर गरिने कार्यक्रमहरु रद्द गरी आ–आफ्नै घरमा मोहम्मद डे मनाइरहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताए ।
कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्जमा मुस्लिम समुदायले घर तथा मस्दिमहरुमा नमाज पढेर मोहम्मद डे मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताए । मोहम्मदको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग उनको छ ।
मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी संम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो ।
उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ ।
मुस्लिम अगुवाहरुले हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह मान्यता दिनुपर्ने र मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त सङ्घर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरेको छ ।
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन् । नेपालमा बसोवासका आधारमा ७७ जिल्लामा नै मुस्लिम समुदाय रहेको बताइएको छ ।

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी...

काठमाडौं । नेपालमा थप थप ४ हजार ९६ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। मन्त्रालयका अनुसार...

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना भाइरसको संक्रमण देखिएको छ। सीडीओ दाहाल र उनकी पन्तीलाई कोरोना संक्रमण भएको सहायक प्रमुख जिल्ला अधिकारी...

काठमाडौं । बाँके प्रहरीले बुधबार राती नेपालगन्जबाट ठूलो राशिको रकमसहित दश जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गएराति नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क क्षेत्रको एक निजी...

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको उनी आफैंले सामाजिक सञ्जाल मार्फत...

काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही...

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २९८१ जना संक्रमणमुक्त भएका छन् भने १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण...

काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव तथा मदन पुरस्कार विजेता लेखक रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं लेखक खनालको मङ्गलबार...

काठमाडौं । आज नेपालमा थप ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ७२५ नमुना परीक्षण भएकोमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो...

काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ अर्थात कात्ति १९ गते तारिखमा नेपाल आउने भएका छन् । नरभाने तीन दिने नेपाल भ्रमणका लागि आउनगरी कार्यतालिका तय भएको छ...

काठमाडौँ । प्रदेश १ को पूर्वी पहाडी जिल्ला खोटाङमा सोमबार साँझ ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...