Thursday, 13th August, 2020

प्रचण्डसँग असन्तुष्ट पूर्वमाओवादी नेताको भेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति सन्तुलनमा आरोह-अवरो आइरहेको छ । प्रचण्डसँग असन्तुष्ट भनिएका पूर्वमाओवादी नेताहरु बिहीबार बेलुकी खुमलटार पुगेर आफूहरुले अन्तिम अवस्थासम्म पनि साथ दिने प्रतिवद्धता जनाएका छन् ।

विभिन्न सञ्चारमाध्यममा आएका कुरा गलत भएको भन्दै उनीहरुले प्रचण्डलाई भने, 'हामी तपाईँसँगै छौँ । मिडियामा आएका कुरा सत्य होइनन् । मिल्नुपर्छ भन्ने कुरा मात्र हाम्रो हो । विचारको हिसाबले हामीले जबज मान्ने कुरा आउँदैन ।'

आफूलाई भेट्न आएका नेताहरुलाई प्रचण्डले अहिले भइरहेको वास्तविक विवादका विषयमा प्रष्ट पारेका छलफलमा सहभागी एक नेताले नागरिकखबरलाई जानकारी दिए ।

बिहीबार दिउँसोदेखि बेलुकीसम्म स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणी खनाललगायतका नेताहरुले प्रचण्डलाई भेटेका उनको सचिवालयले जनाएको छ ।

असन्तुष्टि जनाएका नेताहरुले वैचारिक हिसाबले र मत विभाजनको अवस्थामा आफूहरु सधैँ प्रचण्डको पक्षमा रहने बताएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता