परराष्ट्रमन्त्री ज्ञवाली प्रचण्ड भेट्न खुमलटार

काठमाडौँ । बारम्बार फोन गरेर भेट्न आग्रह गर्द पनि आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने क्रम जारी छ ।
यसै सिलसिलामा आज बिहान प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन् । मन्त्री ज्ञवालीले मिलेर अघि बढ्नुको विकल्प नभएको कुरा अध्यक्ष प्रचण्डलाई सुनाएका थिए।
तर प्रचण्डको सचिवालय स्रोतका अनुसार पार्टी निर्णय उल्लंघन गरिरहने अनि मिलेर जानुको विकल्प छैन भन्ने सन्देश पठाइरहने प्रवृत्तिले आफूहरुलाई एक नबनाउने ज्ञवालीमार्फत ओलीलाई सन्देश पठाएका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि बिहीबार आफ्ना अर्का विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएका थिए । मुख्यमन्त्री पोखरेलको सन्देश पनि ज्ञवालीको सन्देश जस्तै थियो ।
त्यसअघि प्रधानमन्त्री ओलीले बुधबार नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङलाई खुमलटार पठाएका थिए ।
मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद, गोयलको नेपाल आगमन प्रकरणलगायतका कारण ओली र प्रचण्डबीच यही कार्तिक ४ गतेदेखि प्रत्यक्ष संवाद भएको छैन । ओलीले फोनमार्फत छलफलका लागि पटकपटक बालुवाटार बोलाए पनि प्रचण्डले त्यसलाई इन्कार गरेकोका छन्।
यसैबीच पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब दुई अध्यक्ष ओली र प्रचण्डले भेटेर वा उनीहरु एक्ला-एक्लै छलफल गरेर मात्रै समस्या समाधान नहुने स्थितिमा नेकपा पुगेको बताएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह...

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । उनले पार्टीको चौंधौं महाधिवेशनमा सभापतिका...

काठमाडौं । नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्युको आठ दिनपछि अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक डाकेका छन्। २१ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्न सोमबार बैठक...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद फेरि उत्कर्षमा पुग्न थालेसँगै भोलि सचिवालय बैठक बोलाउने तयारी गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग...

काठमाडौं । एक साता भई सक्दा पनि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि हरेक दिन प्रदर्शनकारी भेला भइरहेका छन् । ब्यानरमा लेखिएको छ, ‘हत्यारालाई कारबाही गर’ ।६ कात्तिकमा...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना पर सरेको छ । कोरोना महामारीको बढ्दो प्रकोपको कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको विज्ञप्तिमा...

काठमाडौं । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा...

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दसैं लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री शाहीले आफूमाथिको अविश्वास प्रस्ताव गत कात्तिक...

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य मानपुर चौधरीको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुपका चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा...

काठमाडौँ । सत्तारुढ घटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...