Wednesday, 2nd December, 2020

नेकपा कार्यकर्ता चौरसियाको आठ दिनपछि अन्त्येष्टि

काठमाडौं । नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्युको आठ दिनपछि अन्त्येष्टि गरिएको छ ।

चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थान लगि शतगत गरिएको हो।

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

सो गाँउपालिका कमिटीमा यही ६ कात्तिकमा भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको ७ कात्तिकमा उपचारका क्रममा निधन भएको थियो। उता सचिव मुकेश चौरसिया हत्याको जाहेरी दर्ता भएपछि  पूर्वसभासद राजकुमार गुप्ता लगायतका १२ आरोपी फरार भएका छन् ।

बिहिवार जिल्ला सरकारी वकिलको कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको थियो । उक्त जाहेरी मृतकका भाइ महेश चौरसियाले पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गराएका थिए ।

जाहेरी परेका १२ जना मध्ये दुईजना देवा सहनी मलाह र हनिफ मियाँ मात्र प्रहरी नियन्त्रणमा छन् । जाहेरीमा उल्लेखित नामहरुमा पूर्वसभासद् गुप्तासहित धीरज चौहान, लक्ष्मण चौरसिया, जोखु राउत, कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, देवान र जनार्दन चौहान रहेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...