Monday, 25th October, 2021

मन्त्री नियुक्त नहुँदै ठाकुर–महतो समूहमा विवाद

काठमाडौं  मन्त्री नियुक्त नहुँदै जसपाको ठाकुर–महतो समूहमा विवाद चुलिएको छ । पार्टीको उपेन्द्र यादव समूहबाट महन्थ–राजेन्द्र क्याम्पमा आएका विमल श्रीवास्तव र उमाशंकर अरगरियाले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार सरकारमा सहभागी हुन वरिष्ठ नेता महतोलाई उपप्रधानमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने तयारी छ । शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झालाई सहरी विकास, विमल श्रीवास्तवलाई खानेपानी र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ । 

आफूहरूलाई सामान्य मन्त्रालयमा खुम्च्याइएको बताउँदै श्रीवास्तव र अरगरियाले असन्तुष्टि जनाएका हुन् । उनीहरू सपथग्रहणमा सहभागी नहुने चेतावनी दिएका छन् । महन्थ र राजेन्द्रले उनीहरूलाई मनाउने प्रयास गरिरहेका छन् ।

उनीहरूलाई पनि महत्त्वपूर्ण मन्त्रालय दिलाउन अध्यक्ष ठाकुर प्रधानमन्त्री केपी ओलीसँग भेट्न बालुवाटार पुगेको स्रोतको भनाइ छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...