Monday, 25th October, 2021

कोरोनाविरुद्धको खोप उत्पादनका लागि नेपालमै प्रक्रिया सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले चुनावअघि सबै नागरिकलाई खोप लगाई सक्ने बताएका छन्।  नेपालमै कोरोना विरुद्धको खोप उत्पादनका लागि प्रक्रिया समेत अगाडि बढाइएको बताउँदै उनले चुनावअघि नै खोप लगाई सक्ने बताएका हुन्।

शुक्रबार पश्चिम नवलपरासीको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रोटरी क्लवले स्थापना गरेको आईसीयु कक्ष हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले स्वदेशमै कोरोनाको मात्र नभई अन्य खोप पनि उत्पादन गर्ने गरी निजी क्षेत्रले प्रस्ताव पेश गरेको बताए।

उनले तरल अक्सिजन सस्तो र प्रभावकारी देखिएकाले सरकारले उद्योग खोल्न अनुमति दिइसकेको र अनुदान समेत उपलब्ध गराउने बताए।

मन्त्री त्रिपाठीले चीन, अमेरिका, भारत लगाएतका मुलुकबाट खोप भित्रने क्रम सुरु भएको जानकारी दिँदै खोपको उपलब्धतामा सहज हुने वातावरण बन्दै गएको पनि बताए। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...