Monday, 25th October, 2021

राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तरको वार्तापछि जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी ओलीबीच मन्त्रीमण्डल विस्तारमा सहमति जुटेको छ । जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने निश्चित भएको हो ।

राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी तथा सरसफाई मन्त्रीमा अनिल झा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण बन्ने भएका हुन् । 

त्यसैगरी विमल श्रीवास्तव श्रम , रोजगार, तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकूद र चन्द्रकान्त चौधरी उर्जाराज्य मन्त्री बन्ने भएका हुन् । उनीहरुलाई आजै मन्त्री नियुक्त गरेर सपथ गराउने तयारी भइरहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...