Thursday, 24th June, 2021

कांग्रेस र माओवादी प्रदेश २ सरकारमा सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा आजै सहभागी हुने भएको छन्। स्रोतका अनुसार मन्त्रालयको सबै संख्या टुंगो नलागे पनि मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीका एक/एक जनालाई मन्त्री बनाउन लागेका हुन्।

कांग्रेसबाट रामसरोज यादव र माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने निश्चित भएको स्रोतले जनायो। यादव कांग्रेस प्रदेश २ संसदीय दलका नेता हुन् भने साह पनि प्रदेश २ माओवादी केन्द्रका संसदीय दलका नेता नै हुन्।

यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय दिने समझदारी बनिसकेको छ। तर, माओवादी केन्द्रका साहले पाउने मन्त्रालयको टुंगो लागेको छैन। मन्त्रालयको विषय टुंगो लगाउन आज कांग्रेस र माओवादी केन्द्रबीच छलफल गर्ने र त्यसपछि मन्त्रालयको टुंगो लगाइने साहले बताए ।

‘हामीले प्रदेश २ सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरिसकेका छौँ,’ साहले भने, ‘केही प्राविधिक विषय टुंगो लगाउन अहिले केहीबेरपछि कांग्रेस र हाम्रो संयुक्त बैठक बस्छौं।’ 

‘हामीलाई आजै एक/ एक वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह आएको छ, आजै हामी सरकारमा गएर बाँकी विषय पछि टुग्ंयाउन पनि सक्छौँ,’ साहले बताए ।मुख्यमन्त्री राउतले मन्त्रालय टुक्रयाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन चाहेका छन्। मुख्यमन्त्री राउतले आइतबार महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका थिए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...