Saturday, 22nd February, 2020

एनएमबीको लाभांश आजदेखि सेयरधनीको खातामा

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी पारित गरेको चुक्तापुँजीको १४ प्रतिशत हुन आउने नगद लाभांश आज बिहीबारदेखि सेयरधनीहरुको खातामा पठाउने भएको छ ।

गत पुस २४ गते सम्पन्न २४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले नगद लाभांश सेयरधनीहरुको खातामा पठाउने भएको हो । यसका लागि बैंकले सेयरधनीहरुलाई आफ्ना (अभौतिकीकरण) डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

त्यस्तै हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका वा हितग्राही खाता खोलेर बैंकको सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोली आफ्नो सेयर यथाशक्य छिटो अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधि गर्न बैंकले आग्रह गरेको छ ।

नगद लाभांश प्राप्त गर्न बैंक खाता नेपाल क्लियरिङ हाउसबाट आईपीएसको सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थामा नै हुनुपर्नेछ र सम्बन्धित सेयरधनीकै नाममा (नाबालक भएमा निजकै नाममा) रहेको चल्ती वा बचत खाता हुनुपर्नेछ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सेयरधनी आफैँले व्यहोर्नुपर्ने बैंकले स्पष्ट पारेको छ । बैंक गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २ प्रतिशत बोनस सेयर पनि साधारणसभाबाट पारित गरिसकेको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको...


काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपालीमा कोरोना भाइरसको...


चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । आज मंगलबार पनि शेयर बजारमा २ अर्ब रुपैयाँभन्दा माथिको...


काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार...


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो...


काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


More News